After header

बागमती प्रदेशमा कांग्रेसबाट २ मन्त्रीले लिए शपथ

हेटौंडा / बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।

बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ । कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ ।

एक पटक पढ्नुहोस