काभ्रे/ नेपाल पुलिस स्कुल साँगामा नयाँ भवन निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पले भत्काएको नेपाल पुलिस स्कुल साँगाको भौतिक पूर्वाधार निर्माणका क्रममा विद्यालयको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको छात्रावास भवनको आज एक कार्यक्रम बिच शिलान्यास भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका प्रमुख तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले एक कार्यक्रमको बिच भवनको शिलान्यास गरेका छन् ।
कार्यक्रममा भवनको शिलान्यास गदै एआईजी थापाले विद्यालय आवासीय स्कुल भएकोले स्तरिय छात्रावास अपरिहार्य रहेको हुँदा यस भवनको शिलान्यास गर्ने अवसर प्राप्त भएकोमा आफूलाई खुशी लागेको साथै सहज वातावरणले विद्यार्थीहरूको शिक्षण सिकाईलाई अझबढी सहयोग पुग्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

बन्न लागेको भवनले यस विद्यालयको लागि अति आवश्यक देखिएको रहेको छ । यस भवन बाट भोलिका दिनमा अझै बढी विद्यार्थीहरुले सुविधा पाउनेमा आफू विश्वत रहेको उनले बताए ।कार्यक्रममा विद्यालयका प्राचार्य मोहन पौडेलले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य तथा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्राविधिक प्रहरी निरीक्षक ई.श्री शम्भु कोइरीले नेपाल पुलिस स्कुल, साँगाको आन्तरिक स्रोतबाट निर्माण हुने यस छात्रावास भवनको प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ई.फणिन्द्र बराल, विद्यालयका प्राचार्य मोहन पौडेल, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका समादेशक डीएसपी फणिन्द्र प्रसाई, ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बहादुर बोहरा, विद्यालय प्रेमी, समाजसेवी, शिक्षक वर्ग,प्रहरी कर्मचारी र विद्यार्थी भाईबहिनीहरूको उपस्थिति रहेको थियो ।
