शुकदेव थपलिया ३ जेठ हेटौडा । बागमती प्रदेश अन्तरगतका पर्यटन पत्रकार का लागि अध्ययन अवलोकन भ्रमण शुरू गरिएको छ । बुधबार बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय हेटौडाका उप सचिव राधा कृष्ण खतिवडाले एक कार्यक्रमका बीच पत्रकारको अध्ययन अवलोकन भ्रमणका लागि कर्मचारी सहितको टोलीलाई विदाई गर्नु भएको छ । बागमती प्रदेश अन्तरगतका १३ ओटै जिल्लाको पर्यटन क्षेत्रको पहिचान गरी ती क्षेत्रको प्रबर्द्धन गर्न पर्या पर्यटन र आर्थिक गतिविधिको अबस्थालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि भ्रमण कार्यक्रम आयोजना गरिएको उप सचिव खतिवडाले बताउनु भयो । वहाँले भन्नु भयो प्रदेश सरकारले प्रयास गरेको यस प्रदेशको कला संस्कृति जैविक विविधता, संरक्षण सम्वर्द्धन र प्रचार प्रसारमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले पत्रकारहरु मार्फत पर्यटन उद्योगको सम्भावना लाई बलियो बनाउने यो भ्रमणले विश्वास लिएको बताउनु भयो ।
बागमती प्रदेश पत्रकार महासंघ का अध्यक्ष शिव देवकोटाले भ्रमणले पर्यटन पत्रकारको क्षमताको उजागर गर्दै पर्यटन मन्त्रालयले राखेको उदेश्य अनुरुप पत्रकारहरुले कलम चलाउने विश्वास दिलाउनु भयो ।
यस्तै पत्रकार महासंघ बागमती प्रदेश का महासचिव कृष्ण सारुका अनुसार भ्रमण चार दिनको हुनेछ । जसमा हेटौडा,नुवाकोट, रसुवा र धादिङ्गका ऐतिहासिक, धार्मिक सांस्कृतिक, स्थानिय उत्पादन प्रवर्धन र पुराता्त्विक ठाउँहरूको प्रचार प्रसारमा पत्रकारले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । भ्रमण टोलीमा मन्त्रालयको तर्फबाट अधिकृतहरू, किशोर सापकोटा र रमेश पौडेल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा सहितका १३ जिल्लाका पत्रकारहरू गरी २५ जनाको सहभागिता रहेको छ ।

पर्यटन प्रवर्द्धन गर्न बागमती प्रदेशका पत्रकार लाई भ्रमण शुरू
Prev Post
Next Post
एक पटक पढ्नुहोस