After header

नमोबुद्ध नगरपालिकाको एक वर्षको प्रगति विवरण सार्वजनिक

नगर प्रमूख कुन्साङ लामाको सम्बोधन सहित एक वर्षमा जनताको सेवाको (हेनुहोस् पूर्णपाठ )

काभ्रे/  काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेका काम र प्रगतिका विषयमा आज बिहिबार नगरपालिकाको कार्यालय भकुण्डेबेशीमा पत्रकार सम्मेलन गरी आफूहरुले गरेको उपलब्धि सार्वजनिक गरेको छन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आफूहरु निर्वाचित भएपछि एक वर्षको काम र प्रगतिका बारेमा नगर प्रमुख कुन्साङ लामाले सार्वजनिक गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख गौतमले नबोवुद्ध नगरपालिकाले सुरु गरेको योजनावद्ध विकासको प्रसंसा गरेका थिए । यहा सबै नगरको विकास र जनतालाई सेवा सुविधा दिन आउनु भको छ ।

यसका लागि जिल्ला समन्वयले गर्न भूमिका सधैव सकारात्मक हुने बताउदै सबै जनप्रतिनिधि मिलेर नगरको विकासका लागि लागि पर्न आग्रह गरे । हिजो पार्टीमा हुनुहुथ्यो होला तर निर्वाचित भएपछि पार्टी नभनी कन जनताको काम र नगरको विकासका लागि लाग्न उनले आग्रह गरे । हामीले अब राजनिति होइन जनताले चुनेर पठाएपछि जनताको कामका लागि प्राथमिकता दिन सबै नगर प्रमुख लगायत सबै निर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरे ।

यस्तै एक वर्षमा भएका कार्यहरुको जानकारी दिँदै नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सुशासन र विकास निर्माणमा असल अभ्यास र नविनतम काम सुरुवात गरिएको जानकारी दिए । नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको उनले बताए ।

नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह, अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको उनले बताए । परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने छ । नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

उनका अनुसार नमोबुद्ध नगरपालिकामा बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ भने कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर अर्थात शीत भण्डारण निर्माण थालिएको छ । वडा नम्बर ३ स्थित दाहालचौरमा निर्माण भएको उक्त शीत भण्डार सो क्षेत्रकै पहिलो हो । नमोबुद्धका अलाबा, छिमेकी रोशी, तेमाल, महाभारत गाउ“पालिकाका कृषक समेत लाभान्वित हुनेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरिएको छ ।

प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिन्छ । नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा वितरण थालेको उप–प्रमुख रत्न लामाले बताए । नगरले पूर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरुस“ग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउदै आएको उनको भनाई छ ।

नमोबुद्ध नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण शुरुवात गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वुद्धिराज अर्यालले जानकारी दिएका छन । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख रिम बहादुर तामाङ, नगरप्रमुख कुन्साङ लामा, उप–प्रमुख रत्न लामा, नेपाल पत्रकार महासघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायत सरोकारवालाको उपस्थितीमा रहेको थियो ।

जनताको सेवामा जनप्रतिनिधिको एक वर्षमा के के भए त अहिलेसम्म विस्तृत विवरण

आदरणीय नमोबुद्ध नगरपालिका निवासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरु, संचारकर्मी लगायत सरोकारवाला तपाईहरुले हामीलाई २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो अमूल्य मत, साथ र सहयोग दिई यस नगरपालिकाको समग्र विकासको जिम्मेवारी दिनुभएकोमा हामी निर्वाचित भई मिति २०७९ जेष्ठ ११ गते मंगलबारको दिन पदवहाली गरेको एक वर्ष पूरा भएको छ। यस सन्दर्भमा पहिलो वर्ष भित्र गरिएका केहि उल्लेखनीय प्रयास तथा सुरुवात गरेका कार्यहरुको विवरण तपाईहरु समक्ष राख्न चाहन्छौं।
लोकतान्त्रिक आन्दोलन र संघर्षको परिणाम स्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात जनताको घरदैलोको स्थानीय सरकारको पहिलो पाँच वर्ष पूरा भई स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित नमोबुद्ध नगरपालिकाको व्यवस्थापकीय र कार्यकारी सरकारको रुपमा रहेको नगरसभा र नगरकार्यपालिका साथै अन्तर्गतका विषयगत समितिहरुको क्रियाशीलताको पहिलो वर्ष पूरा भएको सु–अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार, आर्थिक–सामाजिक समानता र सामजिक न्यायका लागि आफ्नो जीवन बलिदान गर्ने नेपाल आमाका सपुत महान सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं।
निर्वाचन जस्तो लोकतान्त्रिक विधि र पद्धतीद्वारा आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी निर्वाचित गराउनुहुने आम नागरिकहरुप्रति आभार र सम्मान प्रकट गर्दछौं। यो पहिलो वर्षमा आफ्नो अमुल्य र रचनात्मक सल्लाह–सुझाव प्रदान गर्नुहुने र विभिन्न प्रकारले सहयोग गर्नुहुने नागरिक समाज, राजनीतिक दलहरु, संचार जगतलाई विशेष धन्यवाद व्यक्त गर्दछौं।
त्यसैगरी, कार्यक्रमहरुमा समन्वय र सहकार्य गर्ने सङ्घीय सरकार, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति तथा संघ–संस्थाहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं। एक अविच्छिन्न उत्तराधिकारी सरकारको रुपमा अघिल्लो सरकारले गरेका कार्यहरुलाई पूरा गर्दै सीमित स्रोत र साधनहरुको उच्चतम् र महत्तम प्रयोग गरी जनताका आवश्यकता र चाहनाहरुलाई क्रमशः पूरा गर्दै जाने आधार वर्षको रुपमा आ.व. २०७९÷०८० लाई लिईएको छ।
आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार निर्माण देखी गाउँघरका स–साना तर आवश्यक कार्यहरु सम्पन्न गर्नुपर्ने दायित्व पनि स्थानीय सरकारकै काँधमा रहेकाले साना आयोजनाहरु वाञ्छित सीमा भित्र राख्न चुनौती रहेको छ। सार्वजनिक सेवा प्रवाहलाई छिटो–छरितो, जनमैत्री, प्रविधिमैत्री बनाउनुपर्ने जिम्मेवारी पनि हाम्रै हो। यस नगरपालिकाले सम्पादन गरेको भौतिक विकास, सामाजिक विकास, आर्थिक विकास, सु–शासन र सेवाप्रवाहको अवस्था, व्यवस्था र गुणस्तरको लेखाजोखा गर्ने र परीक्षण गर्ने कार्य आम जनताहरुमाझ छाड्दै आगामी दिनहरुमा थप सुदृढ ढंगले कार्य सम्पादन गर्न रचनात्मक सल्लाह र सुझावहरुको अपेक्षा सहित स्थानीय तहको निर्वाचनबाट पदवहाली भएको पहिलो वर्षमा सम्पादन गरेका मुख्य कार्यहरुको अभिलेखीकरण गरी आम जनताहरु र सरोकारवालाहरुमा अर्पण गर्दछौं ।
नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरु अघि बढाएको छ। हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवर्द्धन र आय बृद्धिसँग जोड्दै वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन गर्नेगरी र आहतमा परेका नगरवासीलाई राहत हुनेगरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा विशेष जोड दिँदै वार्षिक नगर विकास योजना तयार गरी कार्यान्वयन भईरहेको छ।
नमोबुद्ध नगरपालिका आफै आत्मनिर्भर बन्नु पर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै कर तथा सेवा शुल्कका दरहरूलाई बढाउनुको सट्टा करको दायरा फराकिलो पारी विभिन्न निकायबाट उपलब्ध साधन श्रोतको उच्चतम् उपयोग गर्दै उपलब्धिमूलक क्षेत्रमा खर्च गरी नगरवासीहरुलाई सहज र सरल ढंगबाट गुणस्तरीय सेवा उपलब्ध गराउदै आम नगरवासीहरुको जीवन स्तरमा सुधार ल्याउँदै समृद्धितर्फ उन्मुख गराउने गरी विकासका आधारशिलाहरु खडा गर्न सकियोस भन्ने अभिप्रायका साथ स्वीकृत गरिएको वार्षिक नगर विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन भईरहेको छ।

क. आर्थिक विकास ः

कृषि र खाद्य सुरक्षा, सिंचाई, पशु विकास, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी तथा वित्तीय सेवा, रोजगारी जस्ता क्षेत्रहरुको मार्फत गरिबी हटाउने, शुन्य भोकमारी, मर्यादित काम तथा आर्थिक वृद्धि, असमानतामा कमी लगायतलाई विशेष प्राथमिकतामा राखी आर्थिक विकास तर्फका कार्यक्रमहरु संचालन गरिएका छन्।

१. नेपाल जलवायु अनुकुलन गाउँ कार्यक्रम अन्तर्गत बजार क्षेत्रलाई लक्षित गरी उर्जा किफायती अन्न भण्डारण तथा प्रशोधन प्रविधिको उपयोग, व्यवसायिक तरकारी तथा फलफूल खेतीको लागि बजार प्रवर्द्धन कार्यक्रमको लागि बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य सम्पन्न गरी नमोबुद्ध नगरपालिका वडा नम्बर ०३ स्थित दाहालचौरमा करिब नौ करोडको लागतमा एक सय असी मेट्रिक टन क्षमताको कोल्डस्टोर (शीत भण्डार) निर्माण प्रारम्भ गरिएको छ।

२. स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिने कार्यको सुरुवात गरिएको र हाल सम्म सो नीति अनुसार ६९ वटा विभिन्न व्यवसायहरु दर्ता भएको।

३. धार्मिक, एतिहासिक, पुरातात्विक, सास्कृतिक एवं वातावरणीय महत्व बोकेको विश्व प्रसिद्ध तथा प्राचिन श्री नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने प्रारम्भिक चरणको कार्यहरु सुरु गरिएको छ।

४. प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ५९ जना श्रमिकहरुलाई पर्यटन प्रवर्धन, वातावरण संरक्षण, धार्मिक स्थल पुनर्निर्माण, सडक यातायात निर्माण, ग्रामिण सिढी निर्माणका साथै नगरका भौतिक संरचना निर्माणका ६ ओटा आयोजनाहरुमा १०० दिनको रोजगारी उपलब्ध गरीएको जसमध्ये वडा नम्बर ०१ मा धोबिधरा श्यामपाटी पर्यटन मार्ग, वडा नम्बर ०२ मा बाझापोखरी सिढी निर्माण, वडा नम्बर ०२ मा वडा कार्यालय कम्पाउण्ड वाल निर्माण, वडा नम्बर ०४ मा चापेश्वारा कार्कीटोल हुँदै पुरानो स्वारा मोटरबाटो निर्माण, वडा नम्बर ०५ मा थुम्का कालिका मन्दिर निर्माण, वडा नम्बर ०७ मा साउनेडाँडा चौतारो निर्माण गरिएको छ।

५. नगरपालिका भित्र रहेका कृषकहरुको सूचीकरण र कृषक परिचयपत्र वितरणको कार्यक्रम संचालन गरिएको छ।

६. कृषि नगर बनाउने उदेश्य अनुरुप प्लास्टिक टनेल, मल्चिङ प्लास्टिक र ड्रिप सेट निर्माण कार्य विभिन्न वडामा प्रारम्भ गरिएको छ।

७. नमोबुद्ध नगरपालिकाको वडा नम्बर ०२, ०६, ०८ र ०९ का ५ (पाँच) वटा सहकारी तथा कृषक समुहलाई लक्षित गरी आलु बाली पकेट विकास कार्यक्रम संचालन गरिएको छ।

८. नगरपालिका भित्रका विभिन्न वडाका २७० जना कृषकहरुलाई कृषि खेती प्रविधि सम्बन्धी तालिम संचालन गरिएको छ।

९. नमोबुद्ध नगरपालिका भित्रका २७० जना कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारीको बिउ वितरण गरिएको छ ।

१०. नमोबुद्ध नगरपालिकाको वडा नम्बर ०३ मा २२ थान मिनिटेलर, १८ थान च्यापकटर, ९ वटा मकै छोडाउने मेशिन, वडा नम्बर ०४ मा १६ थान मिनि टिलर ट्याक्टर, ३४ थान च्यापकटर वडा नम्बर ०५ मा ४० थान र वडा नम्बर १० मा २३ थान हाते ट्याक्टर वितरण गरिएको छ।

११. कृषि ज्ञान केन्द्र, धुलिखेलको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नम्बर ०८ को श्री उज्ज्वल कृषि सहकारी संस्था लिमिटेड मार्फत ७१ थान मिनी टिलर, २१ थान डीसमिल र ४२ थान कम्बाईन थ्रेसर वितरण गरिएको छ।

१२. नमोबुद्ध नगरपालिकाको पशु सेवा विकास शाखाबाट २०७० वटा गाई÷भैसीमा कृतिम गर्भाधान मिसन कार्यक्रम, ३६१६० वटा पशुहरुको विभिन्न मेडिकल उपचार गरिएको छ।

१३. नमोबुद्ध नगरपालिकाको पशु सेवा विकास शाखाबाट २०००० वटा पशुपंक्षीहरुको परिजिवी नियन्त्रण, २०००० वटा पशुपंक्षीहरुमा पिपिआर खोप, ४०० वटा कुकरहरुमा रेविज विरुद्धको खोप, १५००० वटा पशुपंक्षीहरुमा एफएमडी खोप, ४००० वटा कुखुरामा रानीखेत विरुद्धको खोप संचालन गरिएको छ।

१४. बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ०६ का कृषकहरुलाई १०८ वटा र वडा नम्बर ११ का कृषकहरुलाई ७५ वटा बाख्रा वितरण गरिएको छ।

१५. सीप विकास तथा स्वरोजगारी स्थापना गर्ने उदेश्य अनुरुप वडा नम्बर ०६ र ०७ मा संचालन भएको गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भित्रका ११ जनालाई सिलाईकटाई सम्बन्धी तालिम, ३ जना लाई ब्युटीपार्लर सम्बन्धी तालिम, ११ जनालाई डल कुशन निर्माण सम्बन्धी तालिम, १० जनालाई बुटिक सम्बन्धी तालिम, १२ जनालाई क्रिष्टल सामाग्री उत्पादन सम्बन्धी तालिम, २० जनालाई साबुन बनाउने सम्बन्धी तालिम, १० जनालाई बेकरी सम्बन्धी तालिम साथै वडा नम्बर ०२ र १० का पुराना उद्यमीहरुलाई लक्षित गरी १० जनालाई सिलाईकटाई, ५ जनालाई ब्युटीपार्लर सम्बन्धी तालिम संचालन गरिएको छ।

१६. सहकारीहरुलाई थप व्यवस्थित गर्नका लागि १२ वटा सहकारीहरुलाई कोपोमिसमा आवद्ध गराईएको छ।

ख. सामाजिक विकास ः

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्धन, लैंङ्गिक समानता तथा समावेशीकरण÷संरक्षण, महिला, बालबालिका, युवा, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, खेलकुद जस्ता क्षेत्रहरु मार्फत स्वस्थ जीवन र आरोग्यता, गुणस्तरीय शिक्षा, लैंङ्गिक समानता, स्वच्छ खानेपानी र सरसफाईलाई लगायतलाई विशेष प्राथमिकतामा राखी सामाजिक विकास तर्फका कार्यक्रमहरु संचालन गरिएका छन्।

१. नमोबुद्ध नगरपालिकाको ११ वटै वडाका विभिन्न १०७ स्थानमा १८ वर्ष भन्दा माथिका नगरबासीहरुको रक्तचाप, मधुमेह, अल्कालिन, प्रोटिन लगायातका नसर्ने रोगको निशुल्क स्वास्थ्य परिक्षण गरी एक वर्ष सम्म निशुल्क औषधि वितरणको व्यवस्था मिलाईएको छ।

२. पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सो भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर÷वडास्तरमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने कार्यको सुरुवात गरिएको छ।

३. नमोबुद्ध नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपा बीच यस नगरपालिका भित्रका नागरिकहरुको मोतियाबिन्दु रोगको निशुल्क उपचार गर्ने गराउने गरी सम्झौता गरिएको छ।

४. जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै सो वर्गलाई लक्षित पटक–पटक दक्ष र विज्ञ स्वास्थ्यकर्मीबाट घुम्ती स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको छ।

५. दाप्चा नगर अस्पताल र श्यामपाटी स्वास्थ्य चौकी मार्फत संचालन हुने गरी २४ सै घण्टा एम्बुलेन्स सेवा सुचारु गरिएको छ।

६. नमोबुद्ध नगरपालिका वडा नम्बर ०४ स्थित प्रादेशिक अस्पताल श्री मेथिनकोट अस्पताललाई थप सुदृढीकरण गर्दै आवश्यक पूर्वाधार निर्माण सँगै विभिन्न स्वास्थ्य सेवाहरु सुचारु गरिएको छ।

७. नगरपालिका भित्रका सम्पूर्ण नगरबासीहरुमा कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ।

८. नगरपालिका भित्रका १०७ जना व्यक्तिहरुलाई मृगौला डायलासिस प्रत्यारोपण क्यान्सर पक्षघात रोगीको उपचार खर्च उपलब्ध गराईएको छ।

९. ६९ जना गम्भीर बिरामीहरुलाई रकम रु. पन्ध्र हजारको दरले यातायात खर्च उपलब्ध गराईएको छ।

१०. नगरपालिका भित्रका ६० वर्ष उमेर पुगेका २५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रु बीस हजारका दरले सम्मान सहित विदाई गरिएको छ।

११. विद्यालय र नगरपालिकाको शैक्षिक गतिविधि तथा कार्यक्रमहरु समेटर शैक्षिक पात्रो प्रकाशन गरिएको छ।

१२. बाल विकास केन्द्रका शिक्षक, सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई नगरपालिकाको आन्तरिक श्रोतबाट थप पारिश्रमिकको व्यवस्था गरिएको छ।

१३. विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट थप आवश्यक बजेट विनियोजन गरिएको छ।

१४. शिक्षा समिति पुनर्गठन गरी नगर भित्रका सम्पूर्ण विद्यालयको अनुगमन गरिएको र विद्यार्थी–शिक्षक दरबन्दी मिलान कार्य प्रारम्भ गरिएको छ।

१५. स्थानीय पाठ्यक्रम निर्माणको कार्य सुरु गरिएको छ।

१६. वडा नम्बर ०२ मा निर्माण हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माणको कार्यलाई थप आवश्यक सहजीकरण गरी नीतिगत र पूर्वाधार निर्माणको कार्यलाई थप तीब्रता दिईएको छ।

१७. वडा कार्यालयबाट प्राप्त विवरणका आधारमा अपाङ्गता सहायक सामग्री (ह्वील चियर) वितरणको कार्य आरम्भ गरिएको छ।

१८. बालमैत्री नगरपालिका निर्माणका लागि नीतिगत प्रकृया ,अनुगमन, संस्थागत क्षमता विकास लगायतका आवश्यक कार्यको प्रारम्भ गरिएको छ।

१९. लैंङ्गिक समानता तथा समावेशीकरण÷संरक्षण रणनीति तयार गरिएको छ।

२०. लैंङ्गिक तथा यौनजन्य दुर्व्यसनी निवारण आचार संहिता, २०७९ निर्माण गरिएको छ।

२१. नगरपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुलाई नानो कपडा वितरण गरिएको छ।

२२. नगरपालिका भित्रका सुत्केरी महिलालाई पोषणयुक्त सामाग्री वितरण गरिएको छ।

२३. एक घर एक धारा कार्यक्रम अन्तर्गत सुनकोशी खानेपानी आयोजना, भकुण्डेबेसी दाप्चा काशीखण्ड वृहत खानेपानी आयोजना, खनालथोक वृहत खानेपानी आयोजना, काशीखण्ड वृहत खानेपानी आयोजना, पार्कोट–टटलेटार खानेपानी आयोजना, ग्वाला डाँडा खानेपानी आयोजना, फ्याङ्ग खोला वृहत खानेपानी आयोजना, बासखर्क लाकईने कुईकेलगाउँ खानेपानी योजना, नमोबुद्ध वृहत खानेपानी आयोजना, कालिकादेवी भेडाबारी खानेपानी आयोजना, भष्मे खानेपानी आयोजना, छत्रेबाँझ दाप्चा खानेपानी आयोजना संचालन गरिएको छ।

ग. पूर्वाधार विकास ः

सडक तथा पुल, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, संचार जस्ता क्षेत्रहरु मार्फत सबैले धान्न सक्ने स्वच्छ उर्जा, उद्योग, नवीन खोज तथा पूर्वाधार, दिगो शहर तथा समुदाय लगायतलाई विशेष प्राथमिकतामा राखी पूर्वाधार विकास तर्फका कार्यक्रमहरु संचालन गरिएका छन्।

१. आ.व. २०७९÷८० को लागि नगरसभाबाट स्वीकृत योजनाहरु मध्ये ३८ वटा नगरस्तरीय योजनाहरु र ११३ वटा वडा स्तरीय योजनाहरु सम्झौता भई सञ्चालनमा रहेका छन्।

२. संघीय सरकारको समपुरक अनुदान र नगरपालिकाको लागत साझेदारीमा श्यामपाटी–काउछे–आरुबारीचौर–पुजारीटापु सडक रु २ करोड ५० लाख बराबरको बजेट रकमबाट नियमानुसार बोलपत्र मार्फत कार्य प्रारम्भ भई सम्पन्न हुने क्रममा रहेको छ।

३. बागमती प्रदेश सरकारको समपुरक अनुदान र नगरपालिकाको लागत साझेदारीमा ३ वटा रु २÷२ करोड बजेटको ठूला आयोजनाहरु (वडा नम्बर ०४ स्थित जयटार जनक मा.वि. चुवाने सडक, वडा नम्बर ०५ स्थित कानपुर डाँडागाउँ हुँदै वी.पी. राजमार्ग सडक, वडा नम्बर १० स्थित दाप्चा बसेरी सडक निर्माण) को नियमानुसार बोलपत्र मार्फत कार्य प्रारम्भ भई सम्पन्न हुने क्रममा रहेका छन्।

४. सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा ६ वटा सडक आयोजनाहरु कार्यान्वयन भएका छन् पुनः ४ वटा आयोजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन्।

५. प्रकोप व्यवस्थापन कोषबाट वर्षातबाट क्षतिग्रस्त कपुरेढुङगा सडक रु.२३,२५,०००÷– बजेट खर्चबाट मर्मत भएको छ।

६. जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक र नमोबुद्ध नगरपालिकाको लागत साझेदारी क्रमशः ७५% र २५% व्यहोर्ने गरी रु.११ लाख बजेटमा वडा नम्बर ०१ स्थित कानाकोट खानेपानी ईनटेक निर्माण भईरहेको छ।

७. वहुवर्षे आयोजनाको रुपमा रहेको नमोबुद्ध नगरपालिकाको वडा नम्बर ०१ को वडा प्रशासनिक भवन भवन निर्माण रकम रु. १ करोड ३३ लाखको लागतमा बोलपत्र आह्वान गरी निर्माणाधिन अवस्थामा रहेको छ।

८. दाप्चा बजार पुनरुत्थान कार्यक्रम अन्तर्गत दाप्चा बजार क्षेत्रमा ढुङ्गा विछ्याउने कार्यको प्रारम्भ गरिएको छ।

९. भकुण्डे–पोखरी–नारायणस्थान–मेच्छे सडक र काभ्रेभन्ज्याङ–नमोबुद्ध–दाप्चा–तल्लो हटिया सडकको नियमित सरसफाई तथा मर्मत सम्भार कार्य गर्नका लागि पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोकको समन्वय, सहकार्य तथा सहयोगमा क्रमश ५ जना र ४ जना गरी जम्मा ९ जना मर्मत सम्भारकर्ता (लेन्थवर्कर) राखी नियमित कार्य गरिएको छ।

१०. भकुण्डे बजारलाई लक्षित गरी सडक बत्ति जडान कार्य गरिएको छ।

११. संघीय प्रहरी कार्यालय र नमोबुद्ध नगरपालिकाको सहकार्यमा वडा नम्बर ०५ स्थित कानपुरमा रकम रु. तीन करोड लागतमा प्रहरी चौकीको प्रशासनीय भवन निर्माण कार्य प्रारम्भ गरिएको छ।

१२. नेपाल विद्युत प्राधिकरण, बनेपाको सहकार्यमा रकम रु. पचास लाख विनियोजन गरी ट्रान्सफरको क्षमता वृद्धि, विद्युत लाईन र पोल सुधार लगायतका काम संचालन गरिएको छ।

१३. नमोबुद्ध नगरपालिकाको वडा नम्बर ०९ स्थित गहतेमा ४३ फिट अग्लो गुरु पद्मसम्भवको प्रतिमा निर्माण गरिएको छ।

१४. नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८०मा वडागत रुपमा संचालन भएका आयोजनाहरु तर्फको संख्यागत

विवरणः
वडा नम्बर
सम्झौता भइ कार्यान्वयनमा भएका आयोजनाको संख्या
१ ११
२ ५
३ १२
४ ७
५ १७
६ १०
७ १२
८ ५
९ ११
१० ७
११ १६
जम्मा ११३

१५. नमोबुद्ध नगरपालिकाबाट आर्थिक वर्ष २०७९÷०८० मा संचालन भएका नगरस्तरीय आयोजनाहरुको विवरणः

क्र.सं. आयोजनाको नाम वडा नम्बर विनियोजित बजेट रकम (रु.)

ज्ञ. वडा कार्यालय वाल निर्माण ९ १०,००,०००

द्द. खरिबोट बेलबोट चौतारा सिढी निर्माण ६ ९,५०,०००

घ. भकुण्डे मेच्छे सडक ग्राभेल तथा सरसफाई ५ ३,००,०००

द्ध. गैरापाटी पँधेरो मोटर बाटो ढलान वडा नं १ १ ९०,०००

छ. गौरापाटी सत्यालथोक मयलपानी मोटरबाटो ९ ९,००,०००

ट. सडक मर्मत ४ ४,३५,०००

ठ. आचार्यगाउँ देविथान मन्दिर निर्माण २ २,५०,०००

ड. घाटेपाटी निर्माण ५ ३,००,०००

ढ. दाप्चा खोला विसि थुम्का लिफ्ट सिंचाई ४ १,८०,०००

ज्ञण्. पात्लेगाउँ अर्गानिक फार्म सडक स्तरोन्नती ६ २०,००,०००

ज्ञज्ञ. सालथुम्की पहिरो नियन्त्रण २ ५,००,०००

ज्ञद्द. आधारभूत स्वास्थ्य चौकी फेदी मोटरबाटो निर्माण ६ १२,००,०००

ज्ञघ. सडक सरसफाई वडा नं.१० १० ३,५०,०००

ज्ञद्ध. सिमलचौर छ्योर्तेन निर्माण १ ३,००,०००

ज्ञछ. मानेगाउँ पुरानो बस्ती जाने बाटो ढलान १ ३,००,०००

ज्ञट. पारकोटे टटलेटार खानेपानी २ ५,००,०००

ज्ञठ. कोटतिमाल घाटेपाटी निर्माण ५ ३,००,०००

ज्ञड. मौलेचौर चालने कृषि सडक निर्माण ५ १,४५,०००

ज्ञढ. ब्राहमकुमारी राजयोग पाठशाला ३ १००,,०००

द्दण्. बिन्दवासिनी मन्दिर निर्माण ५ ५,००,०००

द्दज्ञ. कृष्ण भिर कटिङ ९ २,००,०००

द्दद्द. रजबम पोखरी सामुदायिक ट्रष्ट निर्माण ७ १३,००,०००

द्दघ. मोटरबाटो मर्मत तथा सरसफाई १ २०००००

द्दद्ध. कानपुर खेल मैदान २ ८,००,०००

द्दछ. खनालथोक खानेपानी ७ ६,१९,०००

द्दट. वडा नं ५ सडक सरसफाई ५ ३,००,०००

द्दठ. मानेपोखरी भञ्याङपोखरी माने सडक नया तथा मर्मत ३ १५,४५,०००

द्दड. नमोबुद्ध वडा नं ११ खानेपानी ११ १,३५,०००

द्दढ. सिग्देल बन्धु कुलाईन ट्रष्ट निर्माण ७ १,००,०००

घण्. मेथिनकोट अस्पताल आई.सी.यू व्यवस्थापन ४ १०,००,०००

घज्ञ. साजुबोटे धारो कुलो निर्माण ६ २,००,०००

घद्द. विभिन्न सार्वजनिक मर्मत तथा विपद व्यवस्थापन(ग्रावेल गर्ने कार्य) ९ ३५००००

घघ. श्री कृष्ण मन्दिर संरक्षण ९ ५०००००

घद्ध. गुम्बा मर्मत ५ ३०००००

घछ. आचार्यगाउँ मानककेटार मोटरबाटो ११ ३०००००

घट. माख्लो भञ्याङ खानेपानी ११ १५००००

जम्मा १९१४९०००

जम्मा रकम रु. १,९१,४९,०००। (अक्षेरुपी एक करोड छयानब्बे लाख उनान्सय हजार मात्र)

१६. आर्थिक वर्ष २०७९÷०८०मा सङ्घीय सरकारबाट समपुरक अनुदानमा संचालित आयोजनाको विवरणः

क्र.सं आयोजनाको नाम बजेट रकम मुख्य कार्यहरु

१. श्यामपाटी काउछे आरुबारीचौर पुजारीटाप सडक रु.२,५०,००,००० २ कि.मि. पक्की नाली २ की.मि. ग्रावेल

१७. आर्थिक वर्ष २०७९÷०८०मा बागमती प्रदेश सरकारबाट समपुरक अनुदानमा संचालित आयोजनाको विवरणः

१. जयटार जनक मा.वि. चुवाने सडक रु.२,००,००,००० १.८ कि.मि. पक्की नाली
१.८ की.मि. ग्रावेल

२. कानपुर डाँडागाँउ हुदै वि.पी. राजमार्ग जोड्ने सडक रु.२,००,००,००० १.५ कि.मि. पक्की नाली
१.५ की.मि. ग्रावेल

३. दाप्चा बसेरी सडक रु.२,००,००,००० ०.५५ कि.मि. पिच
१०० मि. ढलान
०.५ कि.मि. ग्रावेल

१८. आर्थिक वर्ष २०७९÷०८० मा सडकबोर्ड नेपालसँगको लागत साझेदारीमा सञ्चालित आयोजनाहरुको विवरणः

क्र.सं आयोजनाको नाम बोलपत्र कबोल रकम मुख्य कार्यहरु

१. वि.पी. हाइवे सुविधा नगर सडकस्तरोन्नती – ०२ १९,७२,७९५।६० पक्की नाली १८०मि.
ग्रावेल– २००

२. नोविसे जयमंगलटार काक्रे सडक –०७ १९,९०,२९९।१६ ३७ मि.बाटो ढलान
९३.३८ घ.मि. मेसीनरी वाल

३. जेरसल्ला हुदैँ कृष्ण म.वि. सडक–०३ ÷ ०४ १९,०४,८५२।९८ १५० मि. पक्कि नाली
५३ घ.मि. मेसीनरी वाल १७० घ.मि. ग्याविन वाल

४. श्यामपाटी कुरुगाँउ वडा कार्यालय जोड्ने सडक –११ १९,६९,५४४।५० २०५ मि. ढलान

५. वि.पी. हाइवे सुनारटोल लकाइने सडक –०१ १२,७१,६४३।१४ बाटो ढलान ६० मि. ३७ घ.मि. मेसीनरी वाल

६. लासकोट खुलुमडाँडा सडक – ०५ १२,९३,७१८।९८ ६० मि. पक्कि नाली
७३ मि. मेसीनरी वाल
११३ मि. सोलीङ

१९. आर्थिक वर्ष २०७९÷०८० मा वडागत रुपमा संचालन गरिएका योजनाहरु साथै संघीय सरकार र प्रदेश सरकारबाट विनियोजन गरिएका आयोजनाहरुको विवरणः

नमोबुद्ध नगरपालिका वडा नम्बर ०१ ः

क्र.सं आयोजनाको नाम बजेट रकम

१. गहते स्वारा खानेपानी योजना १,००,०००
२. गैरीचौर पँधेरो जाने मोटरबाटो ढलान ९०,०००
३. श्यामपाटी शिवालय मन्दिर निर्माण ३,००,०००
४. मानेगाउँ पुरानो बस्ती जाने बाटो ढलान ५,००,०००
५. कानाकोट खानेपानी योजना २,००,०००
६. ढुङ्गेपानी धारापानी खानेपानी ७,००,०००
७. काउसे भण्डारी गाउँ दाप्चेखोला मोटरबाटो योजना ३,५०,०००
८. मथुरापाटी पार्क निर्माण ३,००,०००
९. सुनारटोल मोटरबाटो १,००,०००
१०. ढिकुरे पार्क निर्माण १,००,०००
११. कात्तिके ढुङ्गेपानी बाटो ढलान ३,००,०००
१२. धोविधारा श्यामपाटी पर्यटन मार्ग ज्ञण्,ण्ण्,ण्ण्ण्
१३. वडा नम्बर ०१ मा संघीय सरकार तथा प्रदेश सरकारबाट हिराको पसल थपलिया चोक सडक, मथुरापाटि लाकईने सडक, ठाँटिथोक खेल मैदान, ढुंगेपानी धारापानी खानेपानी योजना

नमोबुद्ध नगरपालिका वडा नम्बर २ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. वी.पी. राजमार्ग पात्ले गाउँ वडा कार्यलय सडक (३७६ मिटर सडक ढलान) ४५,००,०००
२. वी.पी. राजमार्ग बाँझपोखरी सिढी निर्माण (३३६ वटा पक्की सिढी निर्माण) ४,००,०००
३. वडा कार्यालय बुच्चाकोट सडक (१६०० मिटर पक्की ड्रेन निर्माण) १,८०,००,०००
४. सालथुम्की पहिरो नियन्त्रण (३०० तारजाली) २२,००,०००
५. भगवते चक्रपथ निर्माण (५८५ मिटर पक्की ड्रेन तथा ढल) ३०,००,०००
६. वडा कार्यालय कम्पाउण्ड निर्माण (१०० फिट लम्बाई) १,००,०००
७. पानी ट्यांकी आर्मी ब्यारेक हुँदै बुच्चाकोट सडक (१.५ मिटर नयाँ ट्रयाक तथा ढल) १,००,०००
८. वडास्तरीय युवा तथा महिलालाई सिप विकास तालिम (३० जनालाई सिलाईकटाई) १,५०,०००
९. जनजागृति खेल मैदान ५०,०००
१०. पात्लेगाउँ पुच्छार टोल सडक (१५० मिटर पक्की ड्रेन) ७,००,०००
११. सडक मर्मत (२२ वटा सडक मर्मत)
१२. वी.पी. राजमार्ग बुच्चाकोट सडक (ग्रावेल ४०० मिटर) ८,००,०००
१३. कोईराले बाँध कुलो सिंचाई टटलेटार
१४. बाँझ खोला कुलो सिंचाई (२०५ मिटर) १०,००,०००
१५. भंगेरी घाटेपाटि चिहान निर्माण ५०,०००
१६. भिमेश्वर आधरभूत विद्यालयमा ट्रष्टको मंच निर्माण ५०,०००
१७. दाहाल डाँडा रातमाटे पक्की सिढी निर्माण १३,००,०००
१८. विपि राजमार्ग ठाडोबाटो जनकल्याण सडक स्तरोन्नती ३,००,०००
१९. बासखर्क सल्लेनी भागवते मोटरबाटो ९,००,०००
२०. बाँसखर्क पिपल्चौर जगतेबेशी सडक १०,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर ३ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. सार्वजनिक निर्माण मर्मत संभार तथा विपद व्यवस्थापन ५,२०,१०४
२. सुनदरपानी बोहोरेखोला कृषि सडक नयाँ ट्रयाक २,००,०००
३. तामाङहरुको घाटेपाटी छाप चिहान डाडा निर्माण १,५०,०००
४. गैरेनी पधेरो चडिला चिहानडाँडा नया सडक तथा मर्मत र स्वामीकोबोट ठकुरीगाउँ जोडने सडक ५,००,०००
५. छाप गोपालघर ढुकुरेडाँडा र बाघाखोर ईन्द्रेघर जाने सडक १,५१,०००
६. ओझा बस्ती बाघखोर लालकाजीपसल सडक निर्माण ३,००,०००
७. दाहालचौर मेथिनकोट छाप देउराली सडक ५,००,०००
८. तामाङवस्ती चिसापानी कृषी सडक १,००,०००
९. ढुङ्गेसागु लप्से सडक २,००,०००
१०. दारिम्बोट मुखियाटेल रिठेचउर र दिनेश घर वभाःवस्ति जाने सडक १,५०,०००
११. मरुवा वैकल्पिक सडक तथा हुमागाईँ कुलाईन सडक ३,९५,०००
१२. कमर थुम्का पँधेरो संरक्षण १,४०,०००
१३. माने पोखरी भन्ज्याङ पोखरी माने सडक १५,४५,०००
१४. राधाकृष्ण तल्लोथोक र भिडाबारी बोहोरे दोभान घाट जनी सडक २,००,०००
१५. मसरखोला अनमोल वगैचा हुदै वी.पी. राजमार्ग जोड्ने सडक ४८,५०,०००
१६. सुविधार दोबाटो बाटामुनि टोल हुदै भुर्तेल कुलाइन जाने सडक ९७,००,०००
१७. ढुङ्गासागु आरुटार सडक स्तरोन्नती २१,००,०००
१८. शेराबाट राम मा.वि. जोड्ने सडक १५,५९,०००
१९. पुरानो राम मा.वि.बाट शेरा जाने सडक १०,००,०००
२०. सेतिदेवी खानेपानी आयोजना १०,००,०००
२१. कमरथुम्का खानेपानी आयोजना १,४०,०००
२२. गैरेली पधेरो संरक्षण १,२०,०००
२३. कालिकादेवी खानेपानी आयोजना १०,००,०००
२४. लप्से खानेपानी आयोजना २५,००,०००
२५. मसरखोला सिचाई आयोजना ३०,००,०००
२६. वडामा खानेपानी व्यवस्थापन ९,००,०००
२७. गहतेथुम्का खानेपानी आयोजना ६४,०००
२८. चरुवा राम मा.वि.लाई खानेपानीको व्यसस्थापनका लागि पाइप खरिद ६०,०००
२९. भिडाबारी तामाङबस्ति चौतारी निर्माण १,००,०००
३०. वडा कार्यालयको प्रशासनीय भवन तला थप २५,००,०००
३१. तामाङहरुको घाटेपाटी निर्माण १,५०,०००
३२. सुन्दरपानि सुवेदीको पहिरो नियन्त्रण १०,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर ४ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. सडक मर्मत ४,३५,०००
२. फुस्रेडाडा घाटेपाटी निर्माण १,५००००
३. चुवने अमर प्रा.वि.हुदैँ देविस्थान जाने मोटरबाटो २,००,०००
४. श्रीराम बस्ती सामुदायिक भवन अधुरो ३,००,०००
५. भदौरेडाँडा च्यानडाँडा मोटरबाटो २,००,०००
६. चुवाने घाटेपाटी निर्माण १,५०,०००
७. पौडेलचौर फुटवल ग्राउण्ड नेवारटोल जोडने सडक ३,००,०००
८. चापेश्वारा कार्कीटोल हुँदै पुरानो स्वारा मोटरबाटो ४,००,०००
९. सारमा भौतिक पूर्वाधार तर्फः
सडक नयाँ ट्रयाक
सडक स्तरोन्नति
घाटेपाटि निर्माण
सडक बक्स कल्भर्ट निर्माण
कभर्ड हल घेराबार
सामुदायिक भवन
खानेपानी तथा सरसफाई तर्फः
एक घर एक धारा
कृषि तर्फः
कृषि यान्त्रिकरण (५०% लागत अनुदानमा)
शिक्षा तर्फः
बाल कक्षा निर्माण
विद्यालय पूर्वाधार सूधार
७ कि.मि.
१६ कि.मि.
२ वटा
१ वटा
१ वटा
२ वटा स्तरोन्नति

४१२ घरधुरी

५० थान

२ कोठे पक्की भवन
१ वटा विद्यालय

नमोबुद्ध नगरपालिका वडा नम्बर ५ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. सार्वजनिक निर्माण मर्मत संभार तथा विपद व्यवस्थापन बाट वडा भित्र रहेका सम्पूर्ण मोटरबाटो सरसफाई ४,००,०००
२. भकुण्डे मेच्छे सडक ग्राभेल तथा सरसफाई ३,००,०००
३. सार्वजनिक निर्माण मर्मत संभार तथा विपद व्यवस्थापन बाट वडा भित्र रहेका सम्पूर्ण मोटरबाटो ग्राभेल तथा नाली सरसफाई ३,६५,०००
४. दारेगौडा मैनालीटोल जाने मोटरबाटो ४,००,०००
५. माझगाउँटार मोटरबाटो स्तरोन्नती २,५०,०००
६. कोटतिमाल खानेपानी धारा मर्मत २,५०,०००
७. कालीमाटी कृषि सडक ९५,०००
८. जनजागृती प्रवि हुँदै घ्याङटोल मोटरबाटो स्तरोन्नती ६,००,०००
९. सातमुल हुँदै छत्रेवरसम्मको सडक स्तरोन्नती ३,००,०००
१०. बाघ भैरव मन्दिर निर्माण २,००,०००
११. कालिका मन्दिर तथा महादेव मन्दिर निर्माण ३,००,०००
१२. सेसेल डाँडा मोटरबाटो निर्माण नयाँ ट्याक ३,००,०००
१३. लप्सेबोट हुँदै जिम्लेधारा खानेपानी मोटरबाटो निर्माण ५,००,०००
१४. कमेरे घाटेपाटी निर्माण ३,००,०००
१५. जानजागृती प्रा वि हुदैँ गंगाटोल जाने मोटरबाटो निर्माण ३,००,०००
१६. कागपुर खेलकुद मैदान ८०००००
१७. नमोबुद्ध न पा वडा नं ५ भित्र सरसफाइ ३,००,०००
१८. ठोकेडाडाटोल हुँदै दारेगौडा जोडने सडक २,००,०००
१९. थुम्का कालिका मन्दिर निर्माण ४,००,०००
२०. संघीय सरकार तथा प्रदेश सरकारबाट १० वटा विभिन्न सडक, खानेपानी लगायतका आयोजनाहरु संचालन जम्मा कुल ८.९८,९५,६७९

नमोबुद्ध नगरपालिका वडा नम्बर ६ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. खरिबोट बेलबोट चौतारा सिढी निर्माण ९,५०,०००
२. खरिबोट सिंचाई योजना १,५०,०००
३. चरंगे बैरेनी खानेपानी १,५०,०००
४. चरङ्गे थरथरे खानेपानी मुल संरक्षण १,००,०००
५. ख्याक्सी भण्डारे ख्याक्सी मोटरबाटो नयाँ ट्रयाक निर्माण १०,००,०००
६. चारघरे ठाडोबाटो (विविधबाट) २,५०,०००
७. चेनगेट तथा नागरिक वडापत्र व्यवस्थापन(विविधबाट) ३४,४९८
८. विद्यालय खाजा कोठा निर्माण १,००,०००
९. सोजुबोटे कुलोधारो निर्माण २,००,०००
१०. चौकीडाँडा देविस्थान मोटरबाटो ५,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर ७ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. नविन प्रा.वि. ट्याक्कसुट वितरण ५३,०००
२. सरस्वती प्रा.वि. भवन निर्माण ४,००,०००
३. जनहित मा.वि. गुरुयोजना निर्माण २,००,०००
४. जनहित मा.वि. गेट निर्माण ३,५०,०००
५. स्वास्थ्यचौकी अनुदान ५०,०००
६. सामाजिक स्वास्थ्य प्रवर्धन कार्यक्रम २०,०००
७. स्वयंसेविका खाजा खर्च २४,०००
८. अति विपन्न दिर्घरोगी स्वास्थ्य विमा कार्यक्रम १,०५,०००
९. दाप्चेखोला देउराली खानेपानी योजना १५,००,०००
१०. ल्होछार कार्यक्रम १,००,०००
११. तिज विशेष कार्यक्रम ५०,०००
१२. कृष्ण अष्टमी जात्रा संरक्षण १,००,०००
१३. महिला लक्षित क्षमता अभिवृद्धि कार्यक्रम ५०,०००
१४. बाल क्लव गठन ५०,०००
१५. किशोर किशोरीलाई सचेतना कार्यक्रम ५०,०००
१६. दलित आय आर्जन कार्यक्रम १,००,०००
१७. जेष्ठ नागरिक प्रतिष्ठान फर्निचर व्यवस्थापन १,००,०००
१८. कृषि प्लास्टिक टनेल वितरण कार्यक्रम १,००,०००
१९. पशु बिमा कार्यक्रम १,००,०००
२०. पात्लेदेवी मन्दिर निर्माण १,५०,०००
२१. साउनेडाँडा चौतारो निर्माण ४,००,०००
२२. साउटोल बतासेडाँडा च्यानथुम्का मोटरबाटो निर्माण ४,००,०००
२३. तल्लो हटिया पर्खाल निर्माण ५,००,०००
२४. काक्रे सामुदायिक भवन निर्माण ४,००,०००
२५. दमैडाँडा प्रतिक्षालय निर्माण १,५०,०००
२६. वडा स्तरीय मोटरबाटो मर्मत ७,०७,९०७
२७. मुलकुलो मर्मत तथा बाँध निर्माण २,००,०००
२८. विपद् व्यवस्थापन तथा भैपरी खर्च ३,००,०००
२९. अष्ट मङ्गल स्तुपा निर्माण ५,००,०००
३०. ल्यासे पोखरीडाँडा मोटरबाटो ५०,०००
३१. भिमेश्वर महादेव ३ धारा खानेपानी ४,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर ८ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. आरुबारी नाटेपाटी देउबुजे सडक निर्माण ४,००,०००
२. ठुल्धारा गैरापाटि सडक ४,००,०००
३. आरुबारीचौर दाप्चा पिपलटार सडक ५,००,०००
४. ठुल्धारा गैरापाटी सडक निर्माण ४,००,०००
५. गैरापाटी सन्तानेश्वर सडक निर्माण २,००,०००
६. छापडाँडा मुक्याटोल सडक निर्माण ४,००,०००
७. समुन्द्रे चौतारा पोखरी निर्माण ४,००,०००
८. भुपालेवन देवी मन्दिर ४,००,०००
९. दाप्चा बुढा भीमसेन मन्दिर मर्मत २,००,०००
१०. शिव मन्दिर निर्माण डराउनेपोखरी १०,००,०००
११. ज्याङ छ्युप दागेर्लीङ गुम्बा पिपलटार ५,००,०००
१२. दारिमबोट पहिरो नियन्त्रण ४०,००,०००
१३. दारिमबोट तार्के सिंचाई योजना २५,००,०००
१४. रोशी लिफ्ट दारिमबोट तार्के सिंचाई ३०,००,०००
१५. डुडे सिंचाई बाँध मर्मत १,९७,०००
१६. पिपलटार कभर्डहल निर्माण २५,००,०००
१७. बिन्दबासिनी मन्दिर सत्तल निर्माण २०,००,०००
१८. बागमारा दारिमबोट पिपलटार फलामेसाँघु सडक २०,००,०००
१९. ज्याङ छ्युप दागेर्लीङ गुम्बा २०,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर ९ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. वडा कार्यालय वाल निर्माण १०,००,०००
२. गौरापाटी सत्यालथोक मयलपानी मोटरबाटो ९,००,०००
३. गहते डिही च्यान पाटी ट्रष्ट निर्माण ३,००,०००
४. योञ्जनटोल गोरेटो बाटो ढलान २,००,०००
५. दम्बुडाँडा समुह भवन निर्माण ३,००,०००
६. विभिन्न सार्वजनिक निर्माण तथा विपद व्यवस्थापन ३,००,०००
७. दाप्चा बजारको बाटो ढलान १०,००,०००
८. योङगनटोल सिढी निर्माण २,००,०००
९. गैरापाटी सडक ग्रावेल २,००,०००
१०. शिव मन्दिर गोपाल पोखरी जोड्ने सडक ५,००,०००
११. नेपानेटार खानेपानी नर्माण २,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर १० ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. सिम्ले लहरे मोटरबाटो स्तरोन्नति (९० मिटर ढलान) १०,००,०००
२. भतेराचौर शिखर कटेरी मोटर बाटो स्तरोन्नति २,५०,०००
३. सिम्पानीछाप मुहान संरक्षण तथा सिढी निर्माण ५,००,०००
४. पुरानोगाउँ स्वास्थ्य चौकी जाने मोटरबाटो निर्माण (५० मिटर ढलान) ५,००,०००
५. बसेरी तामाङ गाउँ खानेपानी (४०घरधुरीलाई एक घर एक धारा) २,००,०००
६. जेष्ठ नागरिक तथा एकल महिलाका लागि जाडो याममा उपयोगी पोलार ज्याकेट तथा टोपी वितरण २,००,०००
७. शिखर कटेरी खानेपानी योजना १,००,०००
८. भैरेडाँडा खानेपानी योजना १,००,०००
९. एसेलुचौर राधाकृष्ण मन्दिर संरक्षण तथा वाल निर्माण ५,००,०००
१०. सिम्गैरा महादेवस्थान मोटरबाटो निर्माण २,००,०००
११. नासपातीबोट एसेलुचौर दलसिंगे सडक स्तरोन्नति ५,००,०००

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ ः
क्र.सं आयोजनाको नाम बजेट रकम

१. पाटिगाउँ थलबले कालेडाँडा मोटरबाटो ५,००,०००
२. देवीस्थान मन्दिर निर्माण कपुरढुङ्गा १,५०,०००
३. रोशीटार सिंचाई योजना २,००,०००
४. भालुखर्क तल्लोगाउँ सिमलबोट खानेपानी २,००,०००
५. माथिल्लो भालुखर्क खानेपानी ३,००,०००
६. भालुखर्क गाउँ जानेबाटो मर्मत २,००,०००
७. वि.क. टोल मोटरबाटो मर्मत सुधार १,००,०००
८. स्वरा बिमिरे मोटर बाटो सुधार १०,००,०००
९. बिमिरे गोठेघङ गोरोटेबाटोको ढल व्यवस्थापन १,५०,०००
१०. माथिल्लो करुगाउँ खानेपानी २,५०,०००
११. स्वारा रातमाटेडाँडा मोटरबाटो मर्मत सुधार ३,००,०००
१२. ढिप्सेडाँडा मोटरबाटो डाँडाकटेरी १,००,०००
१३. डाँडाकटेरी च्यानडाँडा चिता निर्माण २,००,०००
१४. माथिल्लो डाँडाकटेरी सामुदायिक भवन ३,५०,०००
१५. चिण्डेगाउँ खानेपानी लिन जाने गोरेटो बाटोसिढी तथा कुवा मर्मत ५,००,०००
१६. ताक्छाङ नमोबुद्ध मोटरबाटो निर्माण १,००,०००
१७. ढोडारी गाउँखानेपानी योजना १,००,०००
१८. जेष्ठ नागरिक सम्मान कार्यक्रम १,९५,०००
१९. मानकेटार मोटरबाटो निर्माण ३,००,०००
२०. सडक मर्मत ३,२०,०००
२१. श्यामपाटि भालुखर्क सडक २०,००,०००
२२. कुरुगाउँ खेलमैदान निर्माण १०,००,०००
२३. शंखुदाहालटार भालुखर्क चौकीडाँडा सडक (बहुवर्षीय योजना संघीय सरकार) १२,००,००,०००
२४. ढिप्सेडाँडा खानेपानी योजना १,३५,०००
२५. माथिल्लो डाँडाकटेरी खानेपानी योजना १,५०,०००
२०. वडा नम्बर ०१ मा संघीय सरकार तथा प्रदेश सरकारबाट हिराको पसल थपलिया चोक सडक, मथुरापाटी लाकईने सडक, ठाँटिथोक खेल मैदान, ढुंगेपानी धारापानी खानेपानी योजना संचालन गरिएको छ।
२१. नगर विकास कोषसँगको समन्वय, सहयोग र सहकार्यमा वडा नम्बर ०२ र ०३ स्थित जग्गा एकीकरण पद्धतीद्वारा योजनावद्ध व्यवस्थित शहरी विकास योजना संचालन गर्न लागिएको छ।
२२. नगरपालिकाबाट ३२ वटा घर नक्सा पास दर्ता भएको, ४२ वटा घर निर्माण सम्पन्न ईजाजत दिईएको, ९ वटा आंशिक घर निर्माण सम्पन्न ईजाजत दिईएको, ३४ वटा घर स्थायी ईजाजत दिईएको, १ वटा घर अभिलेखीकरण गरिएको, १८ वटा घर अस्थायी ईजाजत दिईएको, २ वटा घर नामसारी ईजाजत दिईएको।

घ. वन, वातावरण तथा विपद् व्यवस्थापन ः

वन, भू तथा जलाधार संरक्षण, जलवायु परिवर्तन अनुकुलन, जलउत्पन्न प्रकोप नियन्त्रण, विपद्द जोखिम न्यूनिकरणर व्यवस्थापन, वातावरण तथा फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्रहरुको मार्फत उत्तरदायी उपभोग तथा उत्पादन, जलवायु अनुकुलन कार्य, जमिन माथिको जीवन लगायतलाई विशेष प्राथमिकतामा राखी वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फका कार्यक्रमहरु संचालन गरिएका छन्।
१. बजारलाई लक्षित गरी नियमित सरसफाई, राजमार्ग तथा अन्य सडक क्षेत्रको समेत सरसफाईको कार्य प्रारम्भ गरिएको छ।
२. वर्षातको कारणले यातायात सेवामा अवरुद्ध भएका नगरस्तरीय विभिन्न बाटो÷सडकहरु नगरपालिकासँग रहेको मेशिनरी औजार मार्फत पहिरो तथा अवरोध हटाई एवं मर्मत गरी यातायत सहज सुचारु गरिएको छ।
३. वर्षा, बाढी, वन्यजन्तु तथा विपद्का कारण क्षति भएको भौतिक पूर्वाधार, वाली तथा पशुधनका लागि ११० कृषकहरुलाई राहत रकम वितरण गरिएको छ।
४. वी.पी. राजमार्ग तथा अन्य राजमार्ग सरसफाईलाई नियमित बनाईएको छ।
५. राजमार्ग लक्षित सरसफाई कार्यक्रम अन्तर्गत सवारीसाधनहरुलाई सूचनामूलक पर्चा वितरण तथा नियमित अनुगमन गरिएको छ।
६. बजार व्यवस्थापनका लागि बजार व्यवस्थापन सम्बन्धी नीतिगत कानून निर्माण गरी बजार व्यवस्थापन समिति गठन गरिएको छ।
७. नगरपालिकाको मुख्य–मुख्य चोकमा फोहोरमैला संकलनको लागि डस्टबिन राखिएको छ।
८. एक वडा एक पोखरी कार्यक्रम अन्तर्गत ११ वटा पुरानो पोखरी उत्खनन् तथा मूल सुधारको कार्य गरिएको छ।
९. स्थानीय अनुकुलन कार्ययोजना, २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याईएको छ।
१०. जलवायु अनुकुलन गाउँ कार्यक्रम अन्तर्गत वडा नम्बर ०२ र ०३ मा जलवायु अनुकुलन कृषि सिकाई केन्द्र निर्माण गरिएको छ।
११. भकुण्डे बजार क्षेत्रलाई लक्षित गरी खानेपानी तथा ढल व्यवस्थापन विभागको सहकार्यमा ढल व्यवस्थापनको लागि प्रारम्भिक सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य सुरु गरिएको छ।
१२. नमोबुद्ध नगरपालिकासँगका छिमेकी पालिकाको समेत सहकार्य हुने गरी एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ।
१३. वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रम अन्तर्गत धार्मिक क्षेत्र, मुख्य बजार, पर्यटकीय क्षेत्र लगायतका स्थानमा १३ वटा सडक सौर्य बत्ति जडान कार्य सम्पन्न गरिएको छ।

ङ. संस्थागत विकास तथा सुशासन ः

संघठन तथा मानव संशोधन, संस्थागत क्षमता विकास, राजश्व परिचालन, वित्तीय व्यवस्थापन, नागरिक सन्तुष्टि सर्वेक्षण तथा सामजिक उत्तरदायित्व, आन्तरिक र अन्तिम लेखा परिक्षण, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोग, अन्तर निकाय समन्वय जस्ता क्षेत्रहरुको मार्फत शान्ति न्यायपूर्ण समाज र बलिया संस्था, बहुसरोकार र साझेदारी लगायतलाई विशेष प्राथमिकतामा राखी संस्थागत विकास तथा सुशासन तर्फका कार्यक्रमहरु संचालन गरिएका छन्।
१. पारदर्शीता तथा सुशासन कायम गर्ने, नगरवासीलाई सुसूचित गराउने उदेश्य अनुरुप नगर कार्यपालिका र नगर सभा बैठकको निर्णय तत्काल श्रब्यदृश्यबाट नगर प्रवक्ता मार्फत तथा नगरपालिकाको वेवसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको छ।
२. नमोबुद्ध नगरपालिकाको नमोबुद्ध परिसरलाई लक्षित गरी ऋऋत्ख् जडान कार्य सम्पन्न गरिएको छ।
३. आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नगर विकास योजनामा उल्लेख भए अनुसार नगरपालिका भित्र रहेका सम्पूर्ण जग्गाहरुलाई थप व्यवस्थित तथा डिजिटाईज गर्ने कार्यका लागि स्थानीय भू–उपयोग परिषद् गठन गरी भू–उपयोग क्षेत्र तथा जग्गा वर्गीकरणको कार्य वडास्तरीय रुपमा नै सम्पन्न गरिएको छ।
४. नमोबुद्ध नगरपालिकाको न्यायिक समितिमा विभिन्न आर्थिक वर्षमा अ.ल्या भई आएका १९ वटा उजुरी मध्ये ११ वटा उजुरीको फर्छ्यौट साथै आर्थिक वर्ष २०७९÷०८०मा दर्ता भएका २२ वटा उजुरी मध्ये १३ वटा उजुरीको फर्छ्यौट गरिएको छ।
५. नगरपालिकाले हालसम्म रकम रु. २,१६,०५,४६९ राजश्व उठाईएको छ।
६. भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अवस्थित बसोबासीको समस्या समाधानको लागि सम्पूर्ण वडाबाट ११०० निवेदन तथा विवरण संकलन गरी सो सम्बन्धी अन्य कार्य अगाडी बढाईएको छ।
७. नमोबुद्ध नगरपालिकाको आवधिक नगर विकास योजना तर्जुमाको कार्य अन्तिम चरणमा रहेको छ।
८. आर्थिक वर्ष २आदरणीय नमोबुद्ध नगरपालिका निवासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरु, संचारकर्मी लगायत सरोकारवाला तपाईहरुले हामीलाई २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो अमूल्य मत, साथ र सहयोग दिई यस नगरपालिकाको समग्र विकासको जिम्मेवारी दिनुभएकोमा हामी निर्वाचित भई मिति २०७९ जेष्ठ ११ गते मंगलबारको दिन पदवहाली गरेको एक वर्ष पूरा भएको छ। यस सन्दर्भमा पहिलो वर्ष भित्र गरिएका केहि उल्लेखनीय प्रयास तथा सुरुवात गरेका कार्यहरुको विवरण तपाईहरु समक्ष राख्न चाहन्छौं।

१९. आर्थिक वर्ष २०७९÷०८० मा वडागत रुपमा संचालन गरिएका योजनाहरु साथै संघीय सरकार र प्रदेश सरकारबाट

विनियोजन गरिएका आयोजनाहरुको विवरणः

८. आर्थिक वर्ष २०७९÷०८० को हाल सम्म भएको वित्तीय प्रगतीको सार संक्षेप विवरणः

क्र.सं. शीर्षक कुल विनियोजन रकम रू. हाल सम्मको खर्च खर्च प्रतिशत

१. चालु ४८,२९,०२,६९१÷– २६,२१,४७,३२७÷– ५४.२९%
२. पुँजीगत २८,५८,९३,३०५÷– ९,३४,९१,७४९÷– ३२.७०%
जम्मा ७६,८७,९५,९९६÷– ३५,५६,३९,०७६÷– ४६.२६%

०७९÷०८० को हाल सम्म भएको वित्तीय प्रगतीको सार संक्षेप विवरणः

क्र.सं. शीर्षक कुल विनियोजन रकम रू. हाल सम्मको खर्च खर्च प्रतिशत

१. चालु ४८,२९,०२,६९१÷– २६,२१,४७,३२७÷– ५४.२९%
२. पुँजीगत २८,५८,९३,३०५÷– ९,३४,९१,७४९÷– ३२.७०%
जम्मा ७६,८७,९५,९९६÷– ३५,५६,३९,०७६÷– ४६.२६%

एक पटक पढ्नुहोस