काठमाडौं / नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौबाट पक्राउ गरेको छ । जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका–१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड नक्कली प्रोफाइल बनाई तस्विरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्विरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न रहेको खड्कालाई साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
निजलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
