जेठ १५ मुगु .
मुगुको छायांनाथ रारा नगरपालिका १४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।
आईतवार राति सदरमुकाम गमगढि बजार बाट खानेपानीको पाईप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडक बाट ५० मिनेट तल खसि दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा ३० बर्षका चालक काशिलाल बढुवाल र २०बर्षका सह चालक शिव बढुवालको घटना स्थलमै मृत्यु भएको छ । आइतबार राति घटना भएको भएपनि घटनाका बारेमा बिहानै मात्र थाहा भएको स्थानीय प्रेम सिंह बुढाले जानकारी दिनुभएको ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेत का अनुसार १४ नम्बर वडाका अध्यक्ष मार्फत घटनाका बारेमा जानकारी भएको र त्यस तर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्ला बाट प्रहरी घटनास्थल तर्फ गहेको बताए । प्रहरी पुगिसकेपछि थप अनुसन्धान मार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।
