काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)मा सरुवा भएर गएका एसएसपी गोविन्द थपलियाले एक हप्तामा नै विभिन्न गिरोहरु पक्राउ गरि सार्वजानिक गरेका छन् । उनको टोलीले लागूऔषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छन् ।लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले अवैध लागूऔषध खैरो हेराइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले जेठ ९ गते काठमाडौंको बौद्ध टुसालस्थित एक होटेलबाट लागूऔषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेरोइन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताएका छन् ।जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।
थपलियाले अब व्यरोले मिहिन ढंगबाट अनुसन्धान गर्दै सफा समाज निर्माण गर्न यस्ताखाले विकृतिहरु निर्मूल पार्ने अभियानमा आफूहरु लागेको बताउनुभयो । वहाँले यस्ताखाले कानुन विपरीत समाजलाई नै नकरात्मक दिशामा धकेल्नेखाले क्रियाकलाप गरिरहेको सूचनामा आफूहरु सक्रिय तवरले काम गरिरहेको र त्यसकै परिणाम यो एकहप्ताले देखाएको र यस अभियान निरन्तर चल्ने समेत बताउनुभयो ।
६ जनाबाट खैरो हेरोइन ३१२।५४० मिलिग्राम बरामद गरेको हो। यस कारबाहीमा नेपालीलाई लागूऔषध खैरो हेराईन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरु समेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएक एसएसपी थपलियाले बताएका छन् ।त्यस्तै प्रहरीले लागु औषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई पक्राउ गरेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा पक्राउ गरिएको हो ।
खैरो हेरोइन प्रति १ ग्रामको अवैध बजार मूल्य अन्दाजी १० हजारको दरले ३१२।५४० ग्रामको दरले ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागु औषध चरेस प्रति १ किलोग्रामको अवैध बजार मूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ ।
प्रतिवादीहरूको साथबाट बरामद भएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले बताएको छ ।
