After header

घिमिरेद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

काभ्रे ।

अकालमा हे म मरि नजाउँ

केही काम नौलो नगरी नजाउँ

आयूष्य देउ र भविष्य देउ

म भित्र जिवन्त मनुष्य देउ !

राष्ट्रकवि माधवप्रसाद घिमिरेको यी माननीय संवेदन बोकेका शब्दलाई अर्का साहित्यमा प्रखर रुचि भएका घिमिरेले अंगालेका छन्।

यो समाजमा केही नयाँपन दिनुपर्छ भन्ने लागेर श्वेत-आदर्श बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा आफ्नो शेयर बोनस बापत प्राप्त रकमबाट नवराज घिमिरे शिखरले बनेपा नगरपालिका वाड न. २ भित्र पर्ने २ वटा सामुदायिक विद्यालय अन्तर्गत श्री रत्नचुण्डेश्वर माध्यमिक विद्यालय पानी मुन्यमा जेठ ५ गते शुक्रवार र त्यसैगरी जेठ १२ गते शुक्रवारका दिन श्री श्वेत-वराह माध्यमिक विद्यालय घिमिरेगाउँ गरी दुई चरणमा पाँच पाँच जना विद्यार्थी भाइबहिनीहरूलाई छात्रवृत्ति झोला, स्टेसनरी सहित मुक्तक संग्रह साहित्य सिर्जना वितरण गरिएको छ ।

उक्त कार्यक्रममा श्वेत-आदर्श बहुउद्देश्यीय सहकारीका अध्यक्ष, पदाधिकारीहरू, दुबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थी भाइबहिनीहरूका बीच यो कार्यक्रम सम्पन्न भएको नवराज घिमिरे शिखर ले जानकारी दिनुभयो ।

उनले आफ्नै सक्रियतामा यो छात्रवृत्ति वितरण कार्यक्रमलाई आयोजना गरेको बताउँदै सहजिकरण गर्ने सहकारी कर्मी, विद्यालय परिवार लगायत उपस्थित सबै-सबैलाई हार्दिक आभार एवम् धन्यावाद व्यक्त गर्नुभयो । उनले छात्रवृत्ति कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर रहने बताउनुभयो ।

एक पटक पढ्नुहोस