बझाङ .
बझाङको थलारा गाँउपालिका वडा नँ – १ मा रहेको आधारभुत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत कर्मचारीहरु मनपरी ढङ्गले चल्ने गरेको गरेका छन । स्थानियहरुका अनुसार आधारभुत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत कर्मचारीहरु आप्नो मनोमानी तरिकाले चल्ने गरेका कारण आधारभुत स्वास्थ्य इकाई केन्द नै बदनाम हुदै गएको बताए ।
त्यहाँका स्थानिहरु भन्छन् -आधारभुत स्वास्य इकाई केन्द्रमा जतिपनि औषधी हुनुपर्ने हाे त्याे नभएकाे, कार्यालयमा कार्यरत कर्मचारीहरु स्वास्य इकाई केन्द्रमा भएका सामानहरु नै घर लिने गरेको, कर्मचारीहरु कार्यालयमा उपस्थित नहुने गरेको, उपस्थित भै हाले कार्यालय नै बन्द गरेर हिड्ने गरेको आरोप लगाएका छन ।
त्यस्तै उता आधारभुत स्वास्थ्य इकाई केन्दका प्रमुख महेश भट्ट भने जिल्लावाट अाैषधि नल्याउने गरेकाे र पालिका वाट आउने अाैषधि स्वास्थ सस्थामा भएको केही दिन अगाडि गाउँकै एक जनाले अाफु कार्यालयमा नभएको वेला स्वास्थ सस्था वारे भिडियो बनाएकाे स्विकार गर्दै अागामी दिनहरू यस्तो नहुने भन्दै समचार नलेख्न आग्रह गरे ।
