शुकदेव थपलिया काभ्रे
काभ्रे जिल्लाको पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन नगरपालिकाले अग्रसरता देखाएको छ । आज शुक्रबार बालश्रममुक्त नगर बनाउन नगरपालिकाले खेल्नु पर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । नगर प्रमुख रामशरण भण्डारीले आवश्यक नीति, कानुन तथा योजनाका साथ नगरपालिकालाई बालमैत्री घोषणा गरिए अनुरुप बालश्रम मुक्त बनाउने बताएका छन् ।
‘बालश्रम मुक्त नगर बनाउन कार्ययोजना तयार गर्ने, बालमैत्री नगरको विगतका कार्यक्रमलाई निरन्तरता दिँदै बालश्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रमलाई थप ऐन, कानुन तथा कार्यविधि तयार गरी कार्यान्वयन गरिने भन्दै भण्डारीले ‘नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, जोखिममा परेका बालबालिकाहरुको उद्धार गर्ने तथा परिवारलाई आय आर्जनमा जोड्ने, बालगृहहरूलाई नगरपालिका भित्र बेहोर्नु पर्ने सामाजिक दायित्व भित्र ल्याई समन्वयको भूमिकामा राख्ने र नगरपालिकाले तथ्यांकको अभिलेख राख्दै काम गर्ने, सराकोरवालाहरुसँगको समन्वयमा आवश्यक कार्य गरेर बालश्रम मुक्त नगर बनाउन आवश्यक रणनीतिक कार्ययोजना बनाउन र काम गर्न सरोकारवालाहरुसँग सहकार्य गरिने बताएका छन् । नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले पनौती बालमैत्री नगर भएकाले बालश्रम मुक्त बनाउन विगतमा गरिएका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने भन्दै ‘पनौतीमा विभिन्न पालिका तथा जिल्ला र देशबाट समेत नागरिकहरु आउने र उनीहरूका सन्तान बालश्रममा लाग्ने गरेको तथ्याङ्क देखिएको छ’–उपप्रमुख गीता बञ्जाराले भनिन् ‘बालश्रममा लागेका बालबालिकाहरुलाई उद्धार गरेर सम्बन्धित देशमा पठाउन नसक्दासम्म नेपाल भित्रको समस्या समाधान भए पनि छिमेकी देशका बालबालिकाहरुको अवस्थालाई सुधार्न कठिन छ । नगरभित्र भारत लगायतका देशबाट बालबालिकाहरु गाडी ग्यारेज लगायतका उद्योगहरूमा कार्यरत छन् ।’ विभिन्न पालिका तथा छिमेकी जिल्लाबाट समेत पनौती र आसपासका पालिकाहरुमा बालबालिकाहरु श्रममा संलग्न छन् । सहभागी वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले बालश्रम मुक्त नगर बनाउन सबै पक्षका उत्तिकै समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।
पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, सामाजिक विकास शाखा प्रमुख केशव बञ्जारा, विभिन्न शाखाका प्रमुखहरुले बालश्रम मुक्त नगरका लागि समन्वय र नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । सरोकार समाज नेपालका अध्यक्ष अशोक खनालले बनेपा र पनौतीमा बालश्रम मुक्त नगर बनाउने उद्देश्यले सरोकार समाज नेपाल, स्वतन्त्रता अभियान र ग्लोबल मार्च लगायतको सहयोगमा अभियान सुरु गरिएको बताउँदै विगत देखि नै काभ्रेको प्राय: सबै पालिकाहरुमा बालबालिकाको अवस्था र पालिकाहरुले गर्नुपर्ने दायित्व र भैरहेको गतिविधिलाई सूधार्नूपर्ने तर्फ आफूहरुले सुझाव सहितको अभियान चलाईरहेको बताए ।
उनले पहिले ३९ वटा सूचक भएकोमा हाल सूचकहरु ५१वटा पूरा गनूृपर्ने र बालश्रम उन्मुलन अभियानका सन्दर्भमा आएका कानुन तथा नीति एवं निर्देशिका कार्यान्वयन तथा परिमार्जनको आवश्यकता समेत रहेको बताए । उनले जनप्रतिनीधिहरुले बालबालिकाको क्षेत्रमा छुट्याइने बजेटको प्रभाव तत्कालिन नदेखिएपनि दीर्घकालिन रुपमा त्यसले समाजलाई स्थायित्व र दिगो उन्नतीको बाटोमा प्रवेश गर्न सकिएकोले यो कुरा जनप्रतिनीधि एवं कर्मचारीहरुले बुभल्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा नेपालको विद्यमान ऐन, कानुन तथा संविधानका बुँदा र अधिकारका बारेमा बालअधिकारर्मी उद्धवराज पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले हरेक बर्ष जुन १२लाई विश्व बालश्रम विरुद्धको दिवसको रुपमा मनाइहेको सन्दर्भलाई लक्षित गर्दै बालबालिकामा लगानी सुरुवातबाट नै राम्रो गर्न सके त्यसको प्रतिफल पनि राम्रो आउने बताए । उनले बढ्दो प्रविधिको प्रयोगले बालबालिकामा कुन खाले मार्ग पहिल्याईरहेका छन् ? उनीहरुलाई अविभावकले गर्ने हेरचाह र अभिभावक नै नभएका बालबालिकाको सन्दर्भमा राज्य संयन्त्रहरुले गर्नुपर्ने भूमिका प्रति सन्तोषजनक काम नभएको पनि बताएका छन् । यस्तै पनौती नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउन नगरका लागि आवश्यक कार्ययोजना, कार्ययोजना भित्र गरिने गतिविधि तथा त्यसका लागि सम्पर्क व्यक्ति लगायतका कार्यमा सहजीकरण गरिएको अशोक खनालले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेशाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्लाको समग्र बालबालिका क्षेत्रको विभिन्न बस्तुस्थिति प्रस्तुत गर्दै बालविबाह जटिल सवाल लाई दिृष्टिगत गरी लाग्नुपर्ने सुक्राएका छन् । उनले केही समय अघि मात्रै काभ्रेको मुख्य बजार बनेपामा भएको अपराधिक क्रियाकलाप र दुव्र्यसनमा समेत बालबालिकासंलग्न भइरहेको घटनालाई स्मरण गराउँदै विद्यालय स्तर परिवार स्तर र समुदायिक स्तरदेखि नै बालश्रम र बालबालिकाहरुको भविष्यको सवालमा लागि पर्नुपर्ने बताए ।
