After header

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सातौ अधिवेशन २६ र २७ गते हुने

काठमाडौँ/  नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन यही २६ र २७ हुने भएको छ ।समितिको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन ज्येष्ठ २६ र २७ गते मेगा इभेन्ट भेन्यु प्रा.लि, बाफल, रिङ्गरोडमा हुन लागेको हो ।

अधिवेशन उद्घाटनको लागि बाग्मती प्रदेशका मुख्यमन्त्री आउने कार्यक्रम रहेको समितिका उपाध्यक्ष राजु सत्यालले जानकारी दिए । अधिवेशनमा पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल हुने र नयाँ कार्यसमितिको निर्वाचनसमेत हुने सत्यालले जानकारी दिए ।

अधिवेशनका लागि अध्यक्ष दिलबहादुर श्रेष्ठको बार्षिक प्रतिवेदन, सचिव हेमराज श्रेष्ठको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रदिप बस्नेतले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन लगायतका विषयमा सभामा छलफल हुने उपाध्यक्ष सत्यालले जानकारी दिए । अधिबेशनमा करिव १५ सय प्रतिनिधिले भाग लिनेछन् ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति ३९ सय गाडीहरु दर्ता भएको नेपालकै दोस्रो ठुलो हो । ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजिकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको छ ।

एक पटक पढ्नुहोस