After header

विनियोजन विधेयक ०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारितका लागि पनि पेस हुँदै छ । उक्त बैठक बिहान ११ बजे बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सांसदले उठाएका प्रश्नको जवाफ दिन लागेको संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

एक पटक पढ्नुहोस