After header

डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भिडन्त

काठमाडौं । भारतीय प्रहरीको गोली लागेर सर्लाहीका दुई युवकको मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना गम्भीर घाइते भएको बताइएको छ ।

बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गएको आइतबार राति सर्लाहीको लालबन्दी नगरपालिका– २ पुनर्बासका दुई युववको मृत्यु भएको हो ।

डकैतीमा संलग्न समूहमाथि भारतीय प्रहरीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भारतीय प्रहरीको गोली लागेर मृत्यु हुने युववक लालबन्दी– २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान रहेको जिल्ला प्रहरी कार्यालय बाराले उल्लेख गरेको छ ।

घटनामा प्रहरीको गोली लागेर पुनर्वासकै अन्य चार युवा पनि गम्भीर घाइते भएका बताइएको छ । तर, उनीहरुको नाम खुलेको छैन । आइतबार राति डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भिडन्त हुँदा घटना भएको हो ।

लुटेरा समूहको गोली लागेर तीन जना भारतीय सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ । भारतीय सुरक्षाकर्मीले डकैतीमा संलग्न अन्य डेढ दर्जन जति मानिस नेपालतर्फ भागेको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस