काभ्रे/ नेपालको संबिधानमा ब्यबस्था भएको स्थानीय तहको सभा प्रत्येक बर्षको असार १० गते हुनुपर्नेमा पनौती नगरपालिकाको नगर सभा बैठक सुरुवात भएर स्थगित भएको छ । स्वीकृत कार्यसूची बमोजिम २०८० आसार १० गते दिनको १ बजे बोलाईएको नगर सभा नेकपा एमाले बाट निर्बाचित वडा अध्यक्ष लगायतका कार्यपालिका सदस्य र वडा सदस्यहरुको अबरोधका कारण स्थगित भएको हो ।
कार्यसूची बमोजिम नगर प्रमुख रामशरण भण्डारीले नगर सभा सुरु भएको घोषणा गरी नीति तथा कार्यक्रम पेश गर्ने बिषय बताउनासाथ एमालेबाट निर्बाचित वडा अध्यक्ष लगायतका कार्यपालिका सदस्यहरु बसिरहेका स्थानबाट उठेका थिए भने केहि वडा सदस्यहरु रोस्टम घेर्ने शैलीमा हतारियर अगाडी आईपुगेका थिए । नगर प्रमुखले बाराम्बार बस्नको लागि आग्रह गर्दा पनि केही वडा अध्यक्षहरुले आफ्ना असहमतीका बुँदाहरु राख्न पाउँ भनिरहेको देखिन्थ्यो ।
नगर प्रमुखले बिधि अनुरुप आफ्ना कुराहरु नीति तथा कार्यक्रमको छलफलका क्रममा राख्न गरेको पटक पटकको आग्रहलाई अस्वीकार गरेर अबरोध गरिरहेपछि अर्काे सुचना जारि नहुन्जेल सम्मको लागि नगर प्रमुखबाट नगर सभा स्थगित भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट निर्बाचित नगर प्रमुख रामशरण भण्डारीले एमालेका तर्फबाट उम्मेदवार रहेका भिम न्यौपानेलाई पराजित गरेका थिए ।
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्बाचनमा अप्रत्यासित रुपमा अकल्पनीय ढंगले पराजित भएका भिम न्यौपाने पनौती नगरपालिकालाई जसरी भए पनि तहसनहस बनाउने र अहिलेको मेयर भन्दा पुरानोनै ठीक भन्ने गराउने अभियानमा लागिरहेको देखिन्छ । यहि भ्रमको जगमा उनले पनौती नगरपालिकाको मेयरमा पुनरागमन हुने सपना बुनिरहेका छन् । उनको कार्यकाल दीर्घकालिन महत्वका कार्यक्रम, नगरपालिकाको आन्तरिक सुशासन कायम गर्न असफल भएको देखिन्छ ।
सस्तो लोकप्रियताको लागि उनले सञ्चालन गरेका गतिबिधीहरुबाट जनताहरु बिश्वस्त हुन नसकेको यथार्थलाई नकार्न सकिदैन । उनको कार्यकाल सिमित कर्मचारीहरुको घेराबन्दीमा उनी स्वार्थ समुहको चंगुलमा रमाउनमै बितेको थियो । उनको कार्यकालको बेरुजु ३० करोड ३४ लाख २२ हजारलाई नगर सभामा कार्यपालिकाबाट पास गरि नगर सभामा लगि नियमित गर्ने प्रपञ्च पनि रचिरहेका छन् ।
पूर्व मेयर भिम न्यौपानेको पालामा भएका बेथितिहरु बाहिर आउलान् भन्ने चिन्तामा न्यौपाने रहेका छन् । उनकै पालामा भैसी सुत्केरी भत्ताको ३९ लाख ९६ हजार, बजेट भन्दा बढी ठेक्का लागत लगाई ठेकका खोलेको रकम रु ३७ करोड ९६ लाखको योजना रकम ५३ करोड १५ लाख ठेक्का रकम तोकी घोटला गरेको, पूँजीगत परामर्श अन्तर्गत सफ्टवेयर खरिदमा ८८ लाख २० हजार भुक्तानी गरेको तर हाल सम्म पनि नगरपालिकामा ती सफ्टवेयर कम्पनीले सफ्टवेयर बुझाएका छैनन् ।
मकर मेलामा अपारदर्शी तरिकाले करोडौं खर्च गरेको र महालेखाले बेरुजु भनी उल्लेख गरेको छ । त्यसैले न्यौपाने यी सब कुरा छानबिन होला भनी नगरपालिकामा उप मेयर गीता बन्जारालाई उचालेर अस्थिरता ल्याइरहन चाहन्छन् । १३ नगर सभाको दिनमा पनि गिता बन्जारा विहान ७ बजे नै न्यौपानेको घर पुगेकी थिईन् भने, बिहान ९ वजे देखि सबै सदस्यहरुलाई उनले नै प्रशिक्षण दिएर पठाएका थिईन् र त्यो ताण्डब नृत्य देखाए ।
नगरपालिकामा उप प्रमुख गिता बन्जारा नेकपा एमालेको तर्फबाट निर्बाचित भएकी हुन । नगर सभा र कार्यपालिका दुबैमा नगर प्रमुख अल्पमतमा छन । नगर प्रमुखमा निर्बाचित भए देखिनै प्रमुख भण्डारीले बिधी र शुसासनमा जोड दिदै आएका थिए । यद्यपी बहुमत आफुसंग नहुंदा उनको प्रयासले सार्थकता पाईरहेको छैन ।
पनौती नगरपालिकाका नगर प्रमुख भण्डारीलाई असफल बनाउन लाग्नु नौलो बिषय भने होईन । अकल्पनिय पराजय पछी पनौती नगरपालिकाका जनप्रतिनिधीहरुको सपथ ग्रहण २ पटक भएको थियो । बहुमतको आडमा चर्को घेराबन्दी गर्ने र जसरी पनि असफल बनाउने उद्देश्यकासाथ लागेको उप प्रमुख नेतृत्वको टिम नगरपालिकाको बिषयगत समिती गठनको लफडा, कानुनी सल्लाहकारको जर्बजस्त स्थायित्वको माग, कुनै पनि हालतमा कर्मचारी संगठन संरचना सर्वेक्षण ९इ७ः० निर्माण हुन नदिने खेल लागयतका बिषयहरु संयोग मात्र होईनन ।
सरकार परिबर्तन भए संगै परिबर्तन हुने महन्याधिबक्ता ब्यबस्थालाई बहुमतको घमण्ड देखाउँदै परिबर्तन गर्न नदिई र नगरपालिकालाई निर्णयको बन्दी बनाउने कार्य भयो । नगरपालिकाको कार्य सम्पादनलाई सहजिकरणका लागि गठन गरिने बिषयगत समितिहरु गठनमा गरिएको अबरोध अझ रोचक देखिन्छ । नगरपालिकालाई बिधी र पद्धतीमा कहिल्यै पनि चल्न नदिने र निहित स्वार्थअनुकुल राख्न चाहिरहने कर्मचारी तन्त्रको प्रभाब बिषयगत समिति गठनमा प्रष्ट देखियो ।
सुशासन कायम गर्नको नगर प्रमुखले नगपालिकाको सुशासन समिती आफ्ना सहयोगी वडा अध्यक्षलाई राख्ने गरि प्रस्ताब गरेका थिए । तर यसमा एमाले नेतृत्वले सफल हुन दिएन । आज उठिरहेको कर्मचारी संगठन संरचनाको अबरोध त्यतीबेला देखिको गलत नियतीको बिम्ब मात्र हो । बुझिन भन्नु र नबुझ्नु फरक बिषय हो ।
नगरपालिका बिधीमा चल्ला र कसैको निहित स्वार्थको बन्दी भएको कुरा पुष्टीहोला भन्ने भए पुर्ब प्रमुख लगायतको उपमेयरको टोलीलाई देखिन्छ । त्यसैले पार्टीको हितको लागि सक्रिय भएको बहानामा कमजोरी ढाकछोप गर्न सकिएलाकी भनेर अध्यारो कोठा र नेपथ्यबाट भएको डिजाईनको कोपभाजनामा पनौती नगरपालिका परेको छ ।
अहिले नगर प्रमुखलाई असफल बनाउन अर्को नयाँ डिजाईन पनि सुरु भएको छ । बजेट जति वडामा लाने र नगपालिकालाई बेकम्मा बनाउने । फेरी यसो गरिरहँदा बजेट खर्च गर्न लेखा सम्बद्ध कर्मचारी वडामा नभएको चेत चाही उनीहरुमा देखिदैन । नगरपालिका बिधीमा चल्नु पर्दछ । नगरपालिकाका गतिबिधीहरु पारदर्शी हुनुपर्दछ । कार्यपालिका बैठक लगायत सबै बिषयहरु लाईभ प्रशारण होस् ।
यद्यपी कार्यकारी भुमिका एकातिर र बहुमत अर्कोतिर हुँदा पनौती नगरपालिका अनिर्णयको बन्दी हुँदै जाने अवस्था देखिन्छ । विगतमा नियुक्त गरिएका कर्मचारीहरु बिधी अनुरुप छ भन्ने उप प्रमुखको तर्क नाटक मात्र हो । यसको तथ्यपरक छानविन गरेर यथार्थ बाहिर ल्याउनु उत्तिकै जरुरी देखिन्छ ।
जे जस्तो भए पनि नगरको बिकासको लागि सबै मिलेर अघी बढनुको बिकल्प छैन । जनप्रतिनिधीहरु कसैको स्वार्थ सिद्धीमा लाग्नु भन्दा पनि नागरिकहरुमा जवाफदेही किसिमले प्रस्तुत होऊन । सुसाशन कायम होस् । नगरपालिका नगरपालिकाकै निर्बाचित प्रतिनिधीहरुले सञ्चालन गर्न सकुन । निणर्य प्रक्रियामा स्वार्थ समुहहरुको हालिमुहाली नहोस् । तब मात्र नगर समृद्धिको यात्रातर्फ अघि बढनेछ ।