After header

नमोबुद्धका नगर प्रमुख लामालाई मातृशोक 

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख तथा नेपाली काङ्ग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति कुन्साङ लामालाइ मातृशोक परेको छ । लामाको  ममतामयी माता चन्द्रमाया लामाको आज असामयिक निधन भएको हो ।

पारिवारिक श्रोत अनुसार नमोबुद्ध नगरपालिका वडा न- ६ निवासी मृतक लामा केही समयदेखि अस्वस्थ थिइन ।

। अस्पतालमा उपचारपछि केही दिन अघि मात्र घरमा ल्याइएको थियो ।

मृतक लामाको पार्थिव शरीरलाई दाहसस्कार भोलि १७ गते आइतबार २ बजे नमोबुद्ध नगरपालिका-६ को कार्यालय नजिकै सिरानचौरम गरिने जनाइएको छ ।  मिडिया दर्पण दुःखद् यस क्षणमा स्वर्गीय आमाप्रती चीर शान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा भावपूर्ण समवेदना प्रकट गर्दछ ।

एक पटक पढ्नुहोस