काठमाडौं । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रविन तामाङकाे निधन भएकाे छ । ६० वर्षीय उनकाे मंगलबार साँझ काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएकाे हो ।
तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् । उनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।
