After header

काभ्रे काग्रेँसका सभापति लामा दक्षिण कोरिया भ्रमणमा

कार्यवाहक सभापतिको जिम्मेवारी न्यौपानेलाई

काभ्रे/ नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आफ्नो नीजि भम्रणको लागि दक्षिण कोरिया गएका छन् । मन्त्री लामा श्रावण २ गते (आज) देखि १० गतेसम्म दक्षिण कोरियाको भ्रमणमा लागि आज प्रस्थान गरेका छन् ।

मन्त्री लामाको यो भ्रमण पार्टी र मन्त्रालयबाट नभइ नीजि भम्रण भएको उनको सचिवालयले जनाएको छ । आफ्नो यस भ्रमण ब्यक्ति गत भएको भन्दै मन्त्री लामाले त्यहा रहँदा त्यहाका नेपालीहरुसगँ भेटघाट समेत गर्ने उनले बताए ।नेपाली कांग्रेस काभ्रेका पार्टी सचिव गुणराज मोक्तानका अनुसार सभापति तीर्थ लामाले दक्षिण कोरियाको भ्रमणमा जाने भएपछि काभ्रे कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति ठाकुरप्रसाद न्यौपानेलाई दिएका छन् ।

न्यौपानेलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको धारा ७ को (ट) मा भएको व्यवस्था अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । जिम्मेवारी तोक्दै लामाले भनेका छन्, ‘पार्टीको नीति, सिद्धान्त, विधान र नियमावलीको अधिनमा रही सबै तहको साथीहरुसंग समन्वय गरी मेरो अनुपस्थितिमा नेपाली कांग्रेस काभ्रेलाई नेतृत्व प्रदान गर्नुहुन अनुरोध छ ।’

एक पटक पढ्नुहोस