पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ३ चालिसे स्थित लिलावती खोलामा स्थानीय एक युुवा मृत अवस्थामा फेला परेका छन् ।
मृतक पनौती ३ का ४४ वर्षिय अंकुर भुजेल रहेको स्थानीयले बताएका छन् । हिजो विहिवार साँझबाट हराएका भुजेलको स्थानीय तथा प्रहरीले खोजी गर्दा लिलावती खोलामा टाउको डुवेको अवस्थामा आज शुक्रबार मृत फेला परेका छन् ।
मृतकको शव पोष्टमार्टमाका लागि धुलिखेल लगिएको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
