काभ्रे । शिक्षाविद् डा. कमलकृष्ण जोशी सम्मानित भएका छन् । इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको १७ औं स्मृति दिवसमा शिक्षाविद् डा. कमलकृष्ण जोशीलाई सम्मान गरिएको छ । उनले शिक्षामा पु¥याइएको विशेष योगदानका लागि एक कार्यक्रमका बीच प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन दुवालले सम्मानपत्र प्रदान गरी केदारनाथ प्रधान नौलो इतिहासका निर्माता हुनाका साथै विविध क्षेत्रमा प्रधानले पु¥याइएको योगदानको चर्चा गर्दै प्रधान एकजना बनेपाले गौरव गर्नुपर्ने ऐतिहासिक व्यक्तित्व रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष कमला कायस्थको सभापतित्वमा भएको उक्त वार्षिक सम्मान कार्यक्रममा शिक्षाविद् कमलकृष्ण जोशीले सम्मान पछि आफ्नो विचार राख्दै केदार प्रधान स्वाभिमान व्यक्तित्व हुन् जस्ले समाजका विविध क्षेत्रमा सेवा पु¥याएर आफूलाई अमर बनाएको देखिन्छ । प्रतिष्ठानको सम्वृद्धिका लागि सम्मानमा प्राप्त गरेको रु.१०,०००।– नगद पनि उनले प्रतिष्ठानलाई प्रदान गरेका थिए ।
काभ्रे बहुमुखी क्याम्पसको सभाकक्षमा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पसप्रमुख केजि बयदार, प्राध्यापक लेखनाथ गुरागाईं, शिक्षासेवी गोविन्दलाल प्रधानाङ्ग, प्रतिष्ठानका सदस्य–सचिव रामशरण लुईंटेलले आ–आफ्नो मन्तव्य राखेका थिए ।
