After header

डीएसपी यादवमाथि अज्ञात समूहले कुटपिट गरी खुट्टा भाँचिदिए

जनकपुर । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी यादवमाथि अज्ञात समूहले कुटपिट गरेको हो ।

शुक्रबार राति जलेश्वर नगरपालिका–२, बसपार्कस्थित विद्यापति नगरमा उनीमाथि अज्ञात समूहले कुटपिट गरेका हुन् ।कुटपिटबाट डीएसपी यादवको दायाँ खुट्टा भाँचिएको छ । घाइते अवस्थामा उद्दार गरिएका डीएसपीलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं ल्याइएको छ ।

घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको मधेश प्रदेश प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए ।

एक पटक पढ्नुहोस