शुकदेव थपलिया काभ्रे
काभ्रे जिल्लाको पनौती नगरपालिकाले मेरो भ्वाइस युनिभर्सको टप सेभेनमा परेका शरद हुमागार्इंलाई जिताउन अभियान थालेको छ । शरदको गृहनगर पनौती नगरपालिकाले आज बिहिबार पत्रकार सम्मेलन गरि शरद केवल पनौती नगरको मात्रै शान नभएर बागमती प्रदेश र नेपालकै शान भएकोले उनको भावी दिनमा आवश्यक पर्ने भोटिङ देखि सामाजिक आर्थिक सबै किसिमको सहयोग गर्न अभियान चलाइन लागेको पनौती नगरपालिकाका प्रमूख मेयर रामशरण भण्डारीले बताए । पनौती नगरपालिकाको कुशादेवीमा जन्मिएका शरद बाल्यकाल देखि नै गीत, संगीतमा रुची राख्ने गर्थे ।

उनी अहिले विश्वका ५२ देशहरुबाट भाग लिएका प्रतिश्पर्धीवाट छानिएर शिर्ष ७ औं स्थानमा आफुलाई राख्न सफल भएका छन् । उनी २० वर्षको कलिलो उमेरमा त्यति ठूलो प्रतिश्पर्धामा आफुलाई अब्बल देखाइरहेका छन् ।, यो पूरै बागमती प्रदेशकै एक्ला प्रतिस्पर्धी भएर पनौतीको नामलाई उनले उचो राख्ने कार्य गरिरहेका छन् । सम्मेलनमा प्रसारित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“शरदले कक्षा १० मा अध्ययन गर्दै गर्दा आफ्ना बुवा धुव्र प्रसाद हुमागाईलाई गुमाउनु परेको थियो ।, बुवा ध्रुव एक समाजसेवी पनि हुनुहुन्थ्यो, उनका बुवाले उनलाई राम्रो गायक बनाउने ठूलो सपना देखेका थिए ।” त्यो सपना पूरा गर्न सबैको साथ सहयोग अति नै महत्वपूर्ण छ, सम्मेलनमा सम्बोधन गर्दै यो साथ र सहयोग निरन्तर गरिरहन अपिल गर्दै शरदकी आमा विनिता हुमागाईँ सम्मेलनमा भक्कानिन् ।

शरद सानैमा बुवाको छत्रछायाबाट वञ्चित भए र उनी आफनी आमा र दुई दिदी बहिनिको साथमा हुर्किएका थिए । उनी गीत संगीतमा मात्र नभई पढाइ र खेलकुदमा पनि उत्तिकै राम्रो मानिन्छन् । उनले लिलावती नेशनल एकेडेमीबाट आफ्नो प्रारम्भीक शिक्षा प्राप्त गरे र उनी त्यहांको एउटा नमुना विद्यार्थीको रुपमा परिचित छन् । उनी अहिले निष्ट कलेज बनेपामा विसिएको पाँचौँ समेस्टर मा अध्ययन गरिरहेका छन् । शरद त्यहाको उत्कृष्ट विद्यार्थी पनि हुन् उनी साह्रै शान्त र भद्र स्वभावका भएका कारण उनलाई सबैले रुचाउँछन् । विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पनौती नगरपालिकाकी उपप्रमूख गीता बञ्जराले शरदले गरेको आँट साहस र उसको सपना केवल उसको मात्रै नभएर नगरको गौरवको सपना समेत रहेको बताइन् । उनले शरदको लागि भावी दिनमा गनूृपर्नै भोटिङ सहयोग गर्न सबै नगरवासी तथा काभ्रेलीहरुमा आब्वान समेत गरिन् । सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारिता क्षेत्रबाट शरदको प्रतिभाको सहयोग र सम्मानको लागि साथ दिने प्रतिबद्धता जनाएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै पनौती वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले शरदको पृष्ठभूमीलाई प्रष्ट्याएका थिए ।

अधिकारी भन्छन्– शरद आफ्नो बुवाको सपनालाई साकार पार्न निरन्तर अघि बढिरहेको र अहिले सम्म कुनै पनि संगीत कक्षाहरु लिएका नलिइ उनी सानै देखि आफ्नो पढाइ सक्ने र बेलुका गीत सुन्ने र रियाज गर्ने गर्दर्थे । आफ्नै रियाजले आफुलाई उत्कृष्ट ७ मा ल्याउन सफल भएका छन् ।, उनी ग्रामिण जनजीवनका मध्यम वर्गिय परिवारमा हुर्केका युवक हुन् । उनको परिवारमा उनलाई गीत संगीतमा अघि बढ्ने प्रेरणा पनि प्राप्त भएको अधिकारीले बताए ।
इन्ट्रा–नेशनल वेलफेर एण्डसपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस यूनिभर्सको उपाधी प्राप्तिका लागि उनले गरेको मिहिनेतलाई पनौती र काभ्रेका सम्पूर्ण आमा बुबा दाजु भाइ दिदी बहिनीहरुले माया र हौसला दिन शरद हुमागाईंलाई भोटमार्फत जिताउन इन्ट्रा एप्स डाउनलोड गरी भोटिङ गरिदिन नगरपालिकाले आब्वान गरेको छ । पनौती नगर प्रमुख भण्डारीकाे सभापतित्वमा सम्मपन्न भएकाे पत्रकर सम्मेलनमा वडा अध्यक्ष , वडा सदस्य एव कार्यपालिका सदस्य र पनाैति नगरपालिका भित्रका शरद हुमागाई जिताउ लागिपरेका उनका सुभचिन्तकहरुकाे उपस्थिति रहेकाे थियाे । सम्मेलन नगर प्रमुख भण्डारीको सचिवालय प्रमुख राजेशराज महतले कार्यक्रम सञ्चालन गरेका थिए ।
