After header

एसपी खड्काले कुटे प्रहरी जवान

प्रदेश प्रहरी प्रवक्ता रेग्मी भन्छन् यसका विषयमा बुछौं

काठमाडौं / नेपाल प्रहरीका प्रहरी उपरीक्षक जस्तो गरिमामय पदमा पुगेको ब्यक्तिले प्रहरी जवान कुट्ेका छन् । सधै हाकिमबाट दास बनिरहेको नेपाल प्रहरीमा यो घटना भने नौलो होईन । सधैव तल्लो दर्जामा रहेका प्रहरीले हाकिमले भनेको माने पनि सुख छैन नमाने पनि सुक छैन ।

यस्तै घटनाको पात्र भनेका छन् बागमती प्रदेश प्रहरी गण हेटौंडामा काजमा खटिएका दुई प्रहरी जवान । उनीहरुलाई गणका प्रमुख गणपति एसपी महेन्द्रकुमार खड्काले दुई प्रहरी जवानलाई अन्धाधुन्द कुटपिट गर्दा कानको जाली नै फुटेको छ । प्रहरी जवान कुमार भण्डारी र प्रहरी जवान सन्तोष अधिकारीलाई एसपी खड्काले शनिबार बिहान विनाकारण कुटपिट गरेका छन् । एसपी खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ ।

शुक्रबार जवानद्धय भण्डारी र अधिकारी सोही गणका अमल्दारलाई खबर गरी बाहिर निस्केका थिए । बाहिर किन निस्केको, कसलाई सोधेर निस्केको, म हुँ गणको हाकिम भन्दै एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेको त्यहा कार्यरत प्रहरीले बताए । ‘बाहिर नै निस्केको भएपनि उनीहरुमाथि कानुनअनुसार कारबाही गर्नुपथ्र्यो,’ स्रोत भन्छ, ‘चेन अफ कमाण्डमा चल्ने संगठनको आफ्नै नीति नियम छ ।

नैसियत दिएर हो या निलम्बन गरेर जागिरबाट हटाउन सकिन्थ्यो । कुटपिट नै गर्नु हुँदैन्थ्यो ।’ त्यहाँ कार्यरत प्रहरीले भने । एसपी साप्ले सबै प्रहरीको अगाडि गुडगर्दीको शैलीमा साथिहरुलाई कुटेको एक प्रहरीले बताए ।यसका विषयमा गणका गणपतिलाई घटना के हो र किन प्रहरी जवान कुटिएको विषयमा सम्र्पक गर्दा उनीलाई सम्र्पक हुन सकेन् ।

घटनाका विषमा बागमती प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी दिपक रेग्मीलाई घटना बारेमा बुझ्दा एसपी सापले कुटेको भन्ने खबर आफूले नपाएको तर उनीहरु गणबाट कसैलाई नसोधी बाहिर गएकाले किन र केका लागि गएको भनेर सोधबुच मात्रै गरेको उनले प्रतिक्रिया दिए । हिजो शुक्रबार ४ जना हिडेकोमा दुईजनाको बाईक दुर्घटना परी अस्पताल भर्ना गरिएको र उनीहरु दुईजना गणमा गएको विषयमा सोधबुच गरेको उनले बताए ।

अहिले आफू बिदा बसेकाले घटनाको बारे के कस्तो भएको हो यसको यसका विषयमा तत्काल छानविन गर्न उनले जानकारी दिए ।प्रहरीमा हाकिमलाई खुशी बनाउन नसक्दा र आफ्नो प्यानलको हाकिम नहुँदा नेपाल प्रहरीमा तल्लो दर्जाका प्रहरीले सधैव यस्तै दुख भोक्ने गरेको प्रष्ट देखिने गरेको छ । कुटाई खाएका प्रहरी जवान कुमार भण्डारी जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत थिए । उनीलाई असार १५ गते बागमती प्रदेश प्रहरीले काजमा भन्दै बागमती गणमा काजमा तानेर राखेको थियो ।

एक पटक पढ्नुहोस