After header

विद्यार्थीहरुलाई उदघोषण तालिम

भक्तपुर/  विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरले ७ दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम दिएको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि नेशनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

साउन ५ गते देखि संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल र क्रियटिभ ई।से। स्कुलमा गरी २ समूहमा प्रशिक्षण गरिएको थियो ।कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाको संयोजकत्वमा संचालन भएको प्रशिक्षण कार्यक्रमको समापन समारोह क्रियटिभ स्कुलमा नेसनल प्याव्सन केन्द्रीय सह कोषाध्यक्ष विक्रम ढुकुछुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रमुख अतिथि ढुकुछुले प्रमाण पत्र वितरण गर्दै नेशनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुको लागि उदघोषण र बोल्ने कलाको तालिम प्रदान गरी विद्यार्थी जीवन देखि नै व्यक्तित्व विकासमा टेवा दिन सकेकामा ह्रृदय देखि नै धन्यवाद दिनुभयो ।

७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण नमस्ते ख्वप्प टेलिभिजनका निर्देशक ऋषिकेष श्रेष्ठको नेतृतवमा प्रदान गरिएको । समापन कार्यक्रम प्रशिक्षार्थीहरुले नै संचालन गरेका थिए भने सबै विद्यार्थीहरुले तालिम अवधिको अनुभव सुनाएका थिए ।

नेशनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालिम संचालनका लागि स्थान उपलब्ध गराउने २ विद्यालय रुवी भ्याली स्कुल र क्रियटिभ स्कुल एवं प्रशिक्षकहरुलाई कदरपत्र तथा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको समापनमा विद्यार्थीहरुलाई ७ दिन प्रशिक्षणमा सिकेर मात्र नपुग्ने बताउँदै अध्यक्ष खड्काले प्रशिक्षार्थीहरुले निरन्तर प्रयास गर्दै गएमा मात्र सक्षमता हाँसिल गर्न सकिने बताए ।

खड्काले प्रशिक्षार्थीहरुलाई हौसला दिदै व्यक्तिमा भएको सकारात्मक क्षमता अभिव्यक्तिको लागि पनि बोल्ने कलाको आवश्यकता पर्ने भएकोले यस्ता कार्यक्रम संचालन गरिएको जानकारी दिए ।

एक पटक पढ्नुहोस