After header

आफ्नै छोरालाई गम्छाले घाँटीमा बेरी हत्या गर्ने बुवा २० वर्ष पछि पक्राउ

ढल्केवर(धनुषा) । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी धनुषा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३ बस्ने ७० वर्षीय महेश महतो रहेको प्रहरीले जनाएको छ।

उनलाई बिहीबार इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। महेशले २०६० साल मंसिर ४ गते आफ्नै छोरा सोलिदरलाई गम्छाले घाँटीमा बेरी घाँटी कसी हत्या गरेका थिए।

घटनापश्चात् फरार रहेका महेशलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

एक पटक पढ्नुहोस