शुकदेव थपलिया काभ्रे/काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ११ मा रहेको चण्डेनी माध्यामिक विद्यालयका दुई शिक्षक विरुद्ध बाल यौन दुरव्यहार विरुद्धको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । विद्यालयका प्रधानध्यापक ४२ वर्षिय हेमराज वि.क.र ३२ वर्षिय शिक्षक बलेन्द्र भट्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा बाल यौनदुरव्यवहार विरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी ढुन्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार पीडित छात्राहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेमा ती शिक्षक द्धय विरुद्व किटानी जाहेरी दिएका हुन् । सोही किटानी जाहेरीको आधारमा शिक्षकलाई पक्राउ पुर्जी जारी गरिएको उनले बताएका छन् । पीडित बालिकाहरुका अनुसार साउन २१ गते शिक्षकहरुले दुरव्यवहार गरेका थिए । पीडित ३ जना बालिकाहरुले बिहिबार (२५गते) प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि शिक्षकहरु खोजतलास भैरहेको प्रहरीले जनाएको छ । बालिकाहरु हाल अभिभावककै संरक्षणमा रहेका छन ।

काभ्रेमा दुई शिक्षकद्वारा छात्रा माथी यौनदुरव्यहारको अर्को घटना
आरोपी दुबै शिक्षक विरुद्ध पीडित छात्राहरुको किटानी जाहेरी, पक्राऊ पुर्जी जारी
एक पटक पढ्नुहोस