शुकदेव थपलिया काभ्रे । संकटकालमा झैँ लाग्ने सुन्दा नै डर लाग्ने बन्धक बनाएर विष सेवन गराएको घटना पहिलो पटक काभ्रेमा घटेको छ । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा गए राती १२ बजेको समयमा एक वृद्व मानिसलाई आपराधिक अज्ञात समूहद्वारा टिउले हात खुट्टा बाधी बिष खुवाइएको छ ।
५६ वर्षीय तुल प्रसाद ढकाल लाई मध्ये राती सुतिरहेको ठाउँ बाट केही अज्ञात समूहले हात खुट्टा बाधी विष खुवाएर भागेपछि हल्ली खल्ली हुँदा छिमेकीले हेर्दा बेहोस् आवस्थामा भेटिएको र हात खुट्टा टीउ बाधी विष सेवन गराइएको आवस्थामा भेटी परिवार लाई खबर गरेपछि राती नै उपचारको लागि धुलिखेल अस्पताल लगिएको परिवार सदस्य(छोरा) सुजन ढकालले बताए । उनका अनुसार अपहरण शैलीमा केही आपराधिक अज्ञात समूहले यो घटना घाटाएको बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ढकालको थप उपचारको लागि काठमाण्डौ लागिएको परिवारले जनाएको छ ।

अज्ञात समूहद्वारा मध्ये राती टीउले हात खुट्टा बाँधेर बिष खुवाएपछि …
एक पटक पढ्नुहोस