After header

भेरी नदीमा पानीको बहाव उच्च किनाराका वस्तीमा जोखिम बढ्यो

रुकुम पश्चिम । लगातार दुई दिनदेखि पानी परिरहेको र भेरी नदीमा पानीको बहाव बढेपछि भेरी नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।नदी किनाराका बस्तीमा भेरी नदीको पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले भेरी नदीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ ।

भेरी नदीमा पानीको बहाव आइतवार बिहान तीन मिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही बढेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव ४ मिटर कटेपछी खतराको चेतावनी दिईन्छ । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।

लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण भेरीमा बाढी आउने आंशका गरिएको छ । पानीको बहाव बढ्दै गएपछी किनाराका बस्तीहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सचेत गराएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले सोमबार बिहान भेरी नदीको अवलोकन गर्दै नदीमा पानीको बहाव बढेकाले काठ निकाल्न, वा माछा मार्न नदी किनारा नजान स्थानीयलाई सचेत गराएका छन्। प्रमुख केसीले नदीले खतराको संकेत पार गर्न सक्ने सम्भावना बढेको भन्दै किनाराका बस्तीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।

 

भेरी नदीको किनारामा पर्ने डोल्पाको सिमाना देखि, रुकुमपश्चिमको गोतामकोटको त्रीवेणी, ज्यामिरे, मन्काबगर, दामाचौर, आठबिसकोटको राडी, चौर, छेपारे र जाजरकोटको नलगाड , भेरी नगरपालिकाका क्षेत्र र सुर्खेत जिल्लाका भेरी केहि स्थानहरु रहेका छन । डोल्पाको सिमानादेखि रुकुपश्चिमको सिमाना रिम्ना र सुर्खेतको जामुसम्मका तटिय क्षेत्रमा बसोबार गर्दै आएका स्थानीय भेरी नदीको बाढीको उच्च जोखिममा रहेका छन । लगातारको वर्षाका कारण रुकुम पश्चिमका साना , ठुला खोलामा पानीको बहाव बढ्दै गएको छ भने अधिकांश ठाउँमा पहिरो जाने क्रम बढीरहेको छ ।

एक पटक पढ्नुहोस