१ लाख ८० हजार पर्ने स्कुटर बजारमा

काठमाडौं, १५ पुस । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यू टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।

क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जाना बस्न मिल्ने सिट लगायतका सुबिधा रहेको कम्पनीले जनाएको छ ।

‘अल न्यू टिभिएस जुपिटर क्लासिक’ सार्वजनिक गर्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रावालले भने, ‘टिभिएस जुपिटर क्लासिकले भारतीय बजारमा निकै ठूलो सफलता पाएपछि हामीले नेपाली बजारमा ल्याएका हौं । यो स्कुटरले भारतीय बजारमा सनसनी पूर्ण उपलब्धि हाँसिल गरेको छ । हामीलाई विस्वास छ नेपाली बजारमा समेत त्यस्तै सफलता पाउने छौं । टाईमलेस क्लासिकको हलमार्क जस्तै भएको छ । हामीले सधै हाम्रा ग्राहकहरुले देख्नेगरी जुपिटरमा परिर्वतन गर्दै ल्याएका छौं । यसको युनिक फिचर भनेको कभर स्टाइल, व्यवहारिकपन र मूल्य हो ।’

टिभिएस जुपिटर क्लासिकको मूल्य १ लाख ८० हजार ९०० रुपैयाँ तोकिएको छ । नेपालभर रहेका हाम्रा सम्पूर्ण डिलर र शोरुमबाट पाउन सकिने कम्पनीले जनाएको छ ।

एक पटक पढ्नुहोस