९ वर्षमा किन तल झर्यो स्टाण्डर्ड चार्टर्डको सेयर मूल्य

काठमाडौं, १५ पुस । पछिल्लो ९ वर्षमा स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९ हजार २ सयबाट ९ सय ५० रुपैयाँमा आर्लिएको छ ।

आगामी आइतबार बैंकको शतप्रतिशत बोनस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य ९ सय ५० रुपैंयामा झर्ने थियो । यो अवधिमा बैंकको सेयर मूल्य ८ हजार २ सय ५० रुपैंयाले तल झरेको हो ।

२०६५ साल साउन ७ गते प्रतिकित्ता ७ हजार रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर मूल्य सोही वर्षको असोज १९ गते ९ हजार २ सय रुपैंयामा किनबेच भएको थियो ।

त्यस्तै, ०६६ साल साउन ३२ गते बैंकको प्रतिकित्ता सेयर ६१८६ रुपैंयामा किनबेच भएको थियो । सोही वर्ष असोज १९ गते ५४०० रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर मूल्य त्यसको भोलिपल्ट अर्थात २०६६ साल असोज २० गते समायोजन पश्चात ३९६० रुपैंयामा किनबेच भएको थियो ।

त्यस पछि ओरालो लाग्ने क्रममा सोही वर्षको कात्तिक ८ गते ३७३० रुपैंयामा किनबेच भएको चार्टर्डको प्रतिकित्ता सेयर २०६६ साल पुस १२ गते ३५५० रुपैंयामा किनबेच भएको थियो ।

त्यस्तै, २०६७ साल जेठ १६ गते ३४०० रुपैंयामा किनबेच भएको बैंकको सेयर २०६८ साल भदौ २८ गते १३२५ रुपैंयामा किनबेच भएको थियो ।

यस बिचमा बैंकले आर्थिक वर्ष २०६७–०६८ मा ५० प्रतिशत नगद लाभांस बितरण गरेको थियो । त्यस पछि आर्थिक वर्ष २०६८–०६९ मा बैंकले १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद लाभांस बितरण गरेको थियो ।

पछिल्लो पाँच वर्ष यता चार्टर्डको प्रतिकित्ता सेयर मूल्य १६०० रुपैंयाभन्दा तल झरेको छैन । शतप्रतिशत बोनस समायोजन पछि आगामी आइतबार चार्टर्डको प्रतिकित्ता सेयर ९५० रुपैंयामा कारोबार हुनेछ ।

एक पटक पढ्नुहोस