काठमाडौं ।
मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावना अनुरुप अघि बढिएको ठहर्ने भन्दै जनअपेक्षा पनि यहि रहेको बताउनु भएको छ ।
संविधानसभा निर्वाचनको मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले नवौं संविधान दिवसको उपलक्ष्यमा शुभकामना शन्देश दिदै संवैधानिक विधि र विधानलाई पालना र अनुसरण गर्दै हाम्रो लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाउनु पर्ने बताउनु भएको छ ।
‘ऐतिहासिक रुपमा सम्पन्न भएका पटक पटकका संघर्ष र आन्दोलनबाट भत्किंदै र फेरिंदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनको चरणमा आई पुगेका छौं’ रेग्मीले भन्नुभएको छ आनो संविधान जनता आफैले बनाउने अवसर प्राप्त भएको ऐतिहासिक दुर्लभ क्षणको पनि आज आठ वर्ष बितिसकेको छ । यस बिचमा नेपाली जनताको आकांक्षा अनुरुप संविधानको भावना अनुसार कति काम गर्न सक्यौं र कति अगाडि बढ्न सक्यौं ? संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटक पटक दोहोर्याई तेहर्याई किन सम्झाउनु परिरहेछ ? लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।
अहिले त धार्मिक र सामाजिक सदभाव खलबलिने असहिंष्णु वातावरण निर्माण गर्ने प्रवृत्ति पो देखा पर्दैछ । स्वतन्त्रताको नाममा अतिवाद हावी हुँदो छ र सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। सामाजिक मर्यादा भङ्ग हुने र स्वअनुशासनमा रहने भन्दा भत्काउन उद्दत हुने प्रवृत्ति बढ्दो भन्दै रेग्मीको प्रश्न छ यसरी कसरी लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सदभाव सुदृढ होला ?
संविधान दिवश उल्लासमय तरिकाले मनाइरहदा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रुपमा रहेको द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा पिडितको पीडा जस्ताको तस्तै रहेको भन्दै उहाले यसले समाजमा द्वन्द्व र संघर्षलाई सम्झाउने काम गरिरहेछ। जो सुखद पक्ष हनभएको बताउनु भएको छ । संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानूनहरू अझ निर्माण हुन बाँकी नै छन्। संघीयताको कार्यान्वयनमा गर्नुपर्ने कामहरू प्रसस्तै छन् ।
यस अवस्थामा छिटो भन्दा छिटो संविधानको व्यावहारिक कार्यान्वयनलाई पूर्णता दिदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्याउनु अहिलेको महत्वपूर्ण कार्यभार रहेको छ । रेग्मी भन्नुहुन्छ यसमा ढिलो गर्ने छुट कत्तिपनि छैन । परिणाममा संविधानको उद्देश्य प्रतिविम्बित हुने गरी कार्य गरि संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न रेग्मीले आग्रह गर्नु भएको छ ।