After header

बनेपा महोत्सवको तयार पुरा

शुक्रबार ( अर्थात ) भोलि महोत्सवको उद्धघाटन हुने

काभ्रे/  बनेपा ब्वाईज क्लबको आयेजनामा दशैंको अवसर पारेर शुरु गर्न लागिएको बनेपा महोत्सव भोलि अर्थात शुक्रबार देखि हुने भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले शुरु गर्न लागेको महोत्सव बनेपाको उगे्रश्वर मन्दिर परिसरमा भोलिबाट शुरु हुन लागेको हो ।

भोलि असोज १९ गतेदेखी कार्तिक ४ गतेसम्म १६ दिन लामो चल्ने बनेपा महोत्सव २०८० को बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले उद्धघाटन गर्ने बनेपा ब्वाईज क्लबका संस्थापक अध्यक्ष एवं आयोजक महेश कर्मचार्यले जानकारी दिए ।महोत्सवभर खेलकुद, मनोरन्जन, ब्यापार र कृषि क्षेत्रलाई प्राथामिकतामा महोत्सवको आयोजना गरिन लागेको बनेपा ब्वाईज क्लबका संस्थापक अध्यक्ष महेश कर्मचार्यले जानकारी दिए ।

१६ दिन सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिए । महोत्सव स्थलमा स्टल निर्माण, मञ्च सजावट, अतिथि आमन्त्रण तथा अन्य व्यवस्थापकीय काम सम्पूर्ण सकिएको र भोलि शुक्रबार उद्धघाटनका लागि सम्पूर्ण तयार भईसकेको उनले जानकारी दिए । महोत्सवमा काभ्रेका स्थानीय उत्पादनहरुको प्रवद्र्धन, बालबालिकाको लागि छुट्टै मनोरञ्जन बाल उद्यानको व्यवस्था गरिएको छ ।

१६ दिनसम्म संचालन हुने महोत्सवमा महिला भलिबल, खुला नृत्य तथा गायन, मार्सल आर्ट र चित्रकला प्रतियोगिता साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने उनले जानकारी दिए । उद्धघाटनअघि बनेपा पार्टी भेन्यु देखि महोत्सवस्थल सम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच , झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा ¥याली हुने समेत उनले बताए ।

महोत्सवमा सहभागी हुन आउनेहरु मध्ये जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई निःशुल्क सहभागिताको अवसर हुनेछ भने विद्यार्थीहरुका लागि ४० रुपैयाँ र अन्यका लागि ६० रुपैयाँको टिकट लाग्ने भएता पनि भोलि उद्धघाटनमा भने सम्पूर्णलाई निःशुल प्रवेश रहेको समेत उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस