After header

त्रिपालमा बस्दै आएका दुई जना भुकम्प पिडितको चिसोका कारण मृत्यु 

रुकुम पश्चिम । जाजरकोटमा दुईजना भुकम्प पिडित वृद्धको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण उनिहरुको मृत्यु भएको बताईएको छ । गत कार्तिक १७ गते गएको भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जाजरकोटको भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको हो । 

उनिहरु दुवै दमका रोगी थिए। कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले बताएका छन्। भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार बढी परिवार घरवार त्रिपालमुनि बस्दै आएका छन्।

त्रिपालमुनिको बसाईले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ।

एक पटक पढ्नुहोस