After header

भुकम्पबाट जोगिएका भूकम्प पीडितको चिसोले लियो ११ जनाको ज्यान

रुकुम पश्चिम । एक सातामै चिसोका कारण ११ जना भुकम्प पभावितको ज्यान गएको छ । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जना पालमुनि बस्दै आएका थिए । उनिहरुले भुकम्पबाट त ज्यान जोगाए तर पालमुनि रातदिन कटाउँदा अत्यधिक चिसोका कारण ज्यान जोगाउन सकेनन्। 

 

जाजरकोटमा मात्रै ११ जना दीर्घरोगी सहित वृद्धवृद्धाको चिसोको कारण ज्यान गएको हो । गत कार्तिक १७ गते गएको भुकम्पका कारण घरमा क्षति पुगेपछी त्रिपालमा बस्दै आएका उनिहरुको मृत्यु भएको हो । भुकम्पका कारण रुकुम पश्चिम र जाजरकोटमा हजारौँ मानिसहरु त्रिपालमा बस्दै आएका छन्।

 

चिसोका कारण मृत्यु हुनेहरुमा नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावल बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह ले ज्यान गुमाएका छन्। बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४, लुहादहकी  ८९ वर्षीया सुगिली नेपालीको पनि निधन भएको छ।

 

छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री र सुगली दमरोगी हुन् भने ६० वर्षीय र ५५ वर्षीय विकको ज्यान पखाला लागेर गएको हो । त्यस्तै अन्य चार जना दम रोगी हुन्। भने ४८ वर्षीया फोक्सोको दीर्घरोगी हुन्।

 

भुकम्प प्रभावित क्षेत्रमा चिसोका कारण अधिकांश मानिस बिरामी पर्न थालेका छन । भुकम्पले शौचालय समेत भत्काइदिएपछी खुला ठाउँमा दिसापिसाव गर्नाले झाडापखला जस्ता रोगहरु फैलने समेत खतरा बढेको छ ।

एक पटक पढ्नुहोस