काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो ।
दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको थियो ।
दुई पार्टीबीच छलफल असाध्यै सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ ।
दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले बताए ।
दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको पनि तिमिल्सिनाले बताए ।
