After header

तोरी फुलेपछिक ढुंखर्कको सुनौलो दृष्य

काभ्रे ।बेथानचोक गाउँपालिकाको ढुंखर्क यतिबेला तोरी फुलेर पँहेलपुर देखिएको छ । तोरीबारीको ति सुनौला दृष्यहरू देख्दा धर्तीमा सुन फलेको जस्तो आभाष हुन्छ ।

हिउँद लागेसंगै काभ्रे जिल्लाका अधिकाशं गाउँहरू तोरी फुलेर पँहेलै भएको छ ।

जिल्लाका अधिकाशं किसानहरूले हिउँउ याममा तोरी खेती गर्ने गरेका छन । काभ्रेका लेकदेखी बेशीसम्मका खेतबारीहरु यति बेला तोरी फूलेर पहेंलुर देख्न सकिन्छ । यसरी ढकमक फुलेको तोरी बारीले गाउँघरको सुन्दरता सुनमा सुगन्ध थपिदिएको छ ।

नेपालको मुख्य तेलहन बालीको रूपमा तोरीलाई लिइन्छ । समशितोष्ण र शितोष्ण हावापानीमा हलुका बलौटे, दोमट र चिम्टाइलो माटोमा खेती गर्न सकिने भएकाले काभ्रे जिल्लालाई तोरीखेतीका लागि उपयुक्त मानिन्छ ।

शब्द/तस्वीर: सन्तोष तिमल्सिना

एक पटक पढ्नुहोस