After header

आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्दै भ्रष्ट्राचार मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो समेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी ४५ हजार २२० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मुद्दा दर्ता गरेका अन्यमा निर्मला खत्री रहेकी छन् ।

आफू जीवित हुँदै आफ्नो मृत्युदर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा तत्कालीन वडा सचिव महत्तोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मलाको जीवित श्रीमान्‌को मृत्यु दर्ता अभिलेख तयार पारेको खुलेको थियो ।

महत्तोले सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाउन लगाइ ४५ हजार २२० रुपैयाँ नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएको ठहर अख्तियारले गरेको छ ।

शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग ४५ हजार २२० रुपैयाँ बिगो दाबी गरिएको छ ।

एक पटक पढ्नुहोस