After header

भूकम्प प्रभावित क्षेत्रमा खुला आकाशमुनि चौरमा पठनपाठन 

रुकुम पश्चिम । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर पठनपाठन सुरु गरिएको छ । भूकम्पले क्षति बनाएको विद्यालयमा मंगलबार देखि पठनपाठन सुरु हुन लागेको हो। पढाई सुरु भएपनी बिधार्थीहरु अझै त्रसित छन्। त्रीपालमुनि बस्दा पनि उनिहरु त्रसित बनेका छन्।

रूकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भूकम्पले असर पुर्‍याए पछी अस्थायी संरचना निर्माण गरेर पढाइ सुरू गर्न लागिएको छ। अहिले भुकम्पले क्षति भएका विधालयहरुमा पठनपाठन सुरु भएको छ । भने केहि बिधालयमा अस्थायी सिकाई केन्द्र निर्माण कार्य भैरहेकोले खुल्ला चौरमा बसेर पढाई सुरु गरिएको छ । पढाई सुरु भएपनी अधिकांश विधार्थीमा डर त्रास कायमै रहेको छ ।

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकामा रहेका ६४ वटा विधालयमा भुकम्पले क्षति पुर्याएको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले बताए । उनका अनुसार आठबिसकोट नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा पठनपाठन सुरु भएको जानकारी दिए। आंशिक क्षति पुगेको बिधालयमा अवस्था बुझी पठनपाठन सुरु भएको र पूर्णरूपमा क्षति पुगेको ठाउँमा अस्थायी सिकाइ केन्द्र बनाएर पढाई सुरु भएको बताए । नगरपालिकाभित्र ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ। उक्त बिधालयहरुमा १ सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको बिष्टले बताए ।

विद्यालय खोलेपनि लागि अहिले विद्यार्थी मा त्रास पैदा भएको छ । भूकम्पको त्रासले गर्दा बालबालिका अस्थायी सिकाई केन्द्र र त्रीपाल मुनि बसेर पढ्दा समेत त्रसित हुने गरेको पाईन्छ । रातमा त्रीपालको बास र दिनभरी बिधालयमा पनि पालमुनि पढाई हुँदा बालबालिकाहरुमा मानसिक असर पर्ने देखिएको छ । अधिकांश विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ। रुकुम पश्चिम र जाजरकोटका अधिकांश विधार्थी चिसोका कारण बिरामी पर्न थालेका छन ।

आठबिसकोटमा एघार सय विधार्थी शैक्षिक सामग्री विहिन बनेका छन्। पठनपाठनका लागि किताव नभएका बिधार्थीलाई किताव उपलब्ध गराएर पढाई सुरु गरिएको छ । आधारभुत विद्यालयमा बालबालिकाहरु खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् । आठबिसकोट १४ स्थित आदर्श मावि घेत्मामा बालकक्षा (इसीडी) देखि १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयको एउटा मात्रै रहेको भवन भुकम्प पछि क्षतविक्षत भएको थियो । भएको एउटै मात्रै पक्की भवन पनि भुकम्पका कारण जोखिमपुर्ण भएपछि भुकम्प पछिको आपतकालिन अवस्थामा विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थाइ टहरा र खुल्ला आकाशमुनी नै राखेर विद्यार्थीहरुलाइ पठन–पाठन गराइरहेको शिक्षकहरुले बताएका छन् । 

आठबिसकोट नगरपालिकामा पाँच हजार बढी बिधार्थी भुकम्पबाट प्रभावित बनेका छन्। भने ११ जनाको मृत्यु भएको छ । विद्यालयका शौचालय, सोलार सिस्टम, घेराबार, आईसीटी ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशालामा क्षति पुगेको बताईएको छ । यहाँका अधिकांश भवनहरु क्षतिग्रस्त भएका छन्। भवन छ तर भित्रै बसेर पढाउन मिल्ने अवस्था छैन । अहिले बासका भाटा लगाएर त्रीपालले बारेर पढाई सुरु गरिएको छ ।

एक पटक पढ्नुहोस