After header

पनौतीमा सिटी टुरिष्ट गाईड तालिम सम्पन्न

काभ्रे/ पनौती पर्यटन विकास केन्द्रको आयोजनामा पाँच दिने पनौती सिटी टुरिष्ट गाईड तालिमको सम्पन्न भएको छ । काभ्रेको पनौती नगरपालिकामा सञ्चालित तालिमको आइतबार एक कार्यक्रमको बिच तालिमको समापन गरिएको छ । जिल्लाकै पर्यटकीय गन्तव्यको रुपमा रहेको पनौतीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पु¥याउने हेतुले पनौतीमा सिटी टुरिष्ट गाईड तालिमको आयोजना गरिएको थियो ।

कार्यक्रममा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले सबैको सहकार्यले मात्रै पर्यटकीय क्षेत्रको सुधार गर्न सकिने बताए । सिटी गाईडले पर्यटक भित्राउन र पर्यटकलाई सत्कार कसरी गर्ने बारेमा धेरै कुराको जानकारी दिनेमा उनले विश्वास लिए । तालिम लिएपछि यसलाई भोलिका दिनमा समाजका लागि आफूले सिकेको सिप सिकाउन अनुरोध गरे ।

यहाँ तालिम लिएर तालिमको सदुपयोग नभएको बताउदै यस पाँच दिन सम्म आफूले सिकेको कुरा व्यवहारमा उर्तान आग्रह गदै तालिमका कुरा अन्ँय ब्यक्तिमा पनि शेर गर्न उनले आग्रह गरे । पनौतीको रैथाने उत्पादनमा जोड दिने र कोसेली घर संचालन गरेर पनौतीको पहिचानमा सहयोग पु¥याउन समेत उनले अनुरोध गरे ।

कार्यक्रममा भक्तपुर पर्यटन केन्द्रका अध्यक्ष दिपेशराज शर्माले भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रबाट गरेको आम्दानीले शिक्षा, सफाई, स्वास्थ्य र रोजगारीको अवसर सृजनामा लगानी गरिरहेको बताए । स्थानीयको मन जित्ने र जिविकोपार्जनमा सहयोग पु¥याउन सकेमात्रै त्यसले दीगो रुपमा पर्यटनको विकासमा सहयोग गर्नेमा उनको भनाई थियो ।

कार्यक्रममा समाजसेवी जगन्नाथ गिरीले पनौती नेपालकै धार्मिक, साँस्कृतिक र प्राकृतिक पर्यटक भित्राउन सक्ने क्षेत्र भएकाले सबैले साझा प्रयासमा समृद्धिको ढोका खोल्न सकिने बताए । पनौती पर्यटक क्षेत्र भएकाले यसका लागि यहाँ भएको मौलिक कला र कल्चरलाई नगरपालिकाको समन्वयनमा महिनाको अन्तिम शुक्रबार मेला जस्तै गर्ने आग्रह गरे । यहाँ रहेको थुप्रै जात्राहरु छन् । यहाँ विभिन्न किसिमका बाजागाजा रहेका छन् ।

यस पनौती क्षेत्रलाई पर्यटककीय रुपमा चिनाउन धेरै सहयोग गर्छ उनले भने । यस्ता कार्यलाई अगाडि बढाएर यस क्षेत्रलाई पर्यटकीय र आयस्रोत समेत बढ्ने उनको भनाई थियो ।कार्यक्रममा तालिम संयोजक श्यामहरि महाजूले त्यस्ता तालिमले धेरै कुरा सिकाउने तर्फ ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौतीमा आउने पर्यटकलाई सुविधा पु¥याउँदै सहयोग गर्ने र पर्यटकको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पर्यटकलाई पनौतीमा रोक्न र पनौतीसँग आससापका पर्यटकीय क्षेत्रमा घुमाउने योजना बनाइरहेको उल्लेख गदै उनले पर्यटकसँगै स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर पर्यटकीय गतिविधीलाई संचालन गराउने लक्ष्य बोकेको समेत जानकारी दिए । उनले कम्तिमा एउटा बिजुली बसको व्यवस्थापन गरेर आसपासका क्षेत्रसम्म पु¥याउन सकिने व्यवस्था गर्ने उल्लेख गरे ।

पछिल्लो समय पनौतीको शब्दलाई गलत रुपमा प्रयोग गरेर पनौतीकै अपमान गरेको भएको बताउदै भोलिका दिनमा यसको सहि प्रचार गर्न सबैलाई अनुरोध गरे । ईन्द्रेश्वर मन्दिरमा प्रवेशको लागि लिने गरेको रकम कटौती गर्न समेत उनले अनुरोध गरे । मङ्सिर ५ गतेदेखि सुरु भएको तालिमको मुख्य प्रशिक्षक अनिल चित्रकारले सिटी गाईडले खेल्ने भुमिकाको बारेमा सिकाएका थिए ।

फोटो पत्रकार प्रशान्त श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सचालन महासचिव सिजन सुधाकारले गरेका थिए । तालिममा सहभागी भएका सबैलाई प्रमाणपत्र तथा आवश्यक सामाग्री वितरण गरिएको थियो । तालिम लिएका सहभागीले तालिमपछि धेरै कुरा सिकेको उल्लेख गर्दै आगामी दिनमा त्यसबाट समृद्धिको आधार तय गर्ने विश्वास व्यक्त गरे ।

पनौती पर्यटन विकास केन्द्रको आयोजनामा भएको तालिममा सहभागीले तालिम पश्चात धेरै कुरा सिकेको र पर्यटकलाई पनौती घुमाउन सहयोगी बन्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

एक पटक पढ्नुहोस