After header

नक्कली नोट सहित एक जना पक्राऊ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित एक जना पक्राउ परेका छन् ।

धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

शंखमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक पटक पढ्नुहोस