उपत्यकामा इन्फ्लुएन्जाका बिरामी बढे

काठमाडौँ, ७ माघ -उपत्यकाका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण लिएर आउने बिरामी बढ्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, शिक्षण अस्पताललगायतका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण देखापर्ने बिरामी बढ्न थालेका हुन् ।
हिउँद महिना सुरु भएदेखि गर्मी नबढ्दासम्म इन्फ्लुएन्जा भाइरस फैलन सक्ने सम्भावना बढी भएकाले सतर्क रहन पनि चिकित्सकले आग्रह गरेका छन् । मौसमी रुघाखोकीका रूपमा देखिने इन्फ्लुएन्जा भाइरसले सुरुमा श्वासप्रश्वासमा आक्रमण गर्ने गर्दछ, गोरखापत्रमा खबर छ ।

एक पटक पढ्नुहोस