After header

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवापुरहेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै ‍अनियन्त्रित भएर पानीस्वारा भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा दुर्इजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षिय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षिय जित बहादुर थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

एक पटक पढ्नुहोस