After header

मिशन ८४ देश बर्वादी हुनबाट जोगाउने महाअभियान होः अध्यक्ष ओली

काभ्रे ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले मिशन ८४ मा देश बर्वाद हुन नदिनँ एमालेले महाअभियानको यात्रा तय गरेको बताएका छन् । उनले राष्ट्रिय हितको लागि नेकपा एमालले संकल्प यात्रा तय गरेको बताएका छन् । उनले विश्व मानव अधिकार दिवसको सन्दर्भमा मानवअधिकारको पक्षमा लाग्दै गर्दा कुनै पनि मानवता विरुद्धको गतिविधमा सम्झौता गर्न नसकिने बताएका छन् । झुलाघाटदेखि चिवाभन्ज्याङ्सम्मको समृद्धिका लागि संकल्प यात्रामा एघार दिने यात्रा पछि काभ्रेको मण्डनदेउपुरको बृहत जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ओलीले एमालेको सरकार गएपछि देश अस्थिरता र अराजकतातर्फ धकेलिएको भन्दै उनले यूवाहरु स्वदेशमा बस्ने बातावरण नहुनुमा सरकारको गतिविधिको कारण भएको जिकीर गरेका छन् । देशमा यूवाशक्तिलाइृ टिकाउन उद्यमसिलता उन्नत कृषि, व्यवसायिकिकरण, विकासमूखी र प्रविधिको उच्चत्तम प्रविधिको प्रयोगले मात्रै संभव रहेको बताएका छन् । ओलीले संकल्पको यात्रामा आएको स्थानीय जनसमुदायको मागपत्र मार्फत आएको सबै कुरालाइृ बृहत ढंगले छलफल गरि पूरा गर्नेतर्फ पार्टीप)क्ति लाग्ने बताएका छन् ।
ओलीले आफ्रले गरेको महत्वपूर्ण कामहरु स्मरण गर्दै सिंचाईको योजना, मेलम्चीको पानी देखि यावत काम सम्पन्न गरिसकेको तर खानेपानीको काम अहिले थप्प हुनु दुखद् रहेको बताएका छन् । नेकपा एमालेले बितेको दिनमा साँढे तीन बर्षको सरकारमा रहँदाको समयमा आफूले विकास निर्माणको विभिन्न खाका कोरेको त्यो मध्ये धेरै काम सम्पन्न समेत गरेको बताएका छन् । भूकम्पमा पूर्ण निर्माणको काम देखि नयाँ रणनितिक बाटोहरु लगायत चौतर्फी काम गरेको स्मरण गर्न आब्वान समेत गरेका छन् । उत्साहपूर्ण सहभागिताले १२ औँ दिन अघि देखिको यात्रामा घडीसँगै आफूहरु पनि हिँडी रहेको र हरेक जनताको सुझावहरु संकलन गरिरहेको केपीशमौ ओलीले बताए ।र उनले एमाले कसैले रोकेर रोक्न नसक्ने छेकेर छेक्न नसक्ने एकमात्रै देशको राष्ट्रवादी शक्ति भएको समेत बताएका छन् । उनले एमाले एक्लैसँग कुनै पनि दल एक्लै लड्ने आँट समेत नरहेको बताउँदै मिशन ८४ले देश बर्वादीको दिशाबाट फर्किने विश्वास राख्न सबैमाझ अपिल गरेका छन् । यस अभियानले सिङ्गै पार्टी परिचालित भएको र यसबाट राजनीति प्रति जनताको वितृष्णा र विश्वास कम भएको प्रति लक्षित काम गर्ने अठोट समेत व्यक्त गर्न अभियानले भूमिका खेलेको बताएका छन् ।
कार्यक्रममलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्रि गोकुल बाँस्कोटाले केपी शर्मा ओलीले देशको भूभाग र राष्ट्रियता जोगाउन खेलेको भूमिका बिर्सन कहिल्यै पनि जनताले बिर्सन नसक्ने र यो राष्ट्रीयता बचाउने हरेक सवालमा ओली नेतृत्व अडिग र प्रतिबद्ध रहेको बताएका छन् । उनले विकास र समृद्धिको यात्राका नेकपा एमाले पार्टी लागिरहेको र त्यसमा सबै नेपालीले साथ दिएको औँल्याएका छन् । देशको विकास र निकास दिन केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा नेकपा एमालेको केन्द्रिय टोली उपस्थित थिए ।

एक पटक पढ्नुहोस