काभ्रे । आज बिहान ९ बजेको समयमा जिल्ला काभ्रे पाँचखाल न.पा. ६ हनुमानगढी स्थित अरनिको राजमार्ग सडक खण्डमा खाँवा तर्फबाट पाँचखाल तर्फ आउदै गरेको बा ८७ प ६४१ नं. को मो.सा. ले न. नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट जादै गरेको प्र. ३- ०१-००५ ख ९७०३ नं. को डिब्बा गाडिमा ठक्कर खाँदा मोटर साइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मो.सा. चालक जि. काभ्रे पनौती न.पा १२ बस्ने अं. बर्ष ३४ रुपक खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनाको खबर लगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक कुल ब. कुँवर को कमाण्डमा ट्राफिक सहितको टोली खटि गएको, शब र मो.सा., घट्ना स्थलमा रहेको, स्थानिय करिब. १०० जना भेला जम्मा भएका सड्क अहिले प्रहरीले आफन्तलाई शव बुझ्न लगाई सडक अवरुद्ध हटाएको जना थएको छ । जि.प्र.का. बाट प्र.नि. धर्मेन्द्र अकौलियाको कमाण्डमा २२ जनाको टोली खटि गई घटनास्थल मुचुल्का कार्य गरि शव पोष्टमार्टमका लागि धुलिखल अस्पताल राखिएको बताइएको छ ।
ठक्कर दिने डिब्बा गाडी र चालक जिप्रका को नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
