काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले अवैध प्याज सहित ७ ओटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । आईतबार अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा जिल्ला काभ्रे धुलिखेल न.पा. ९ काभ्रेभञ्ज्याङ चेकपोष्ट अगाडि १२ बजे देखि संयुक्त चेकिङ गर्ने क्रममा पुर्वबाट आएका सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पुरानो बिल सहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा योद्धा गाडी र ३ वटा बलेरो गाडीमा ४०१ थान बोरा (प्रति बोरा ४० किलो को दरले जम्मा १६,०४० किलो) प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले आवश्यक कार्वाहिको लागि गाडी सहित राजस्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको जनाएको छ । हाल बजार मुल्य अनुसार प्रतिकिलो १७०।– छ उक्त हिसाबले सत्ताईस लाख छब्बिस हजार आठ सय रुपैया बराबरको हुन आउने प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएको ना ५ च २३६१ नं.को बोलेरो गाडि प्रति बोरा ४० किलोग्रामको ६० बोरा, म.प्र. ०२-००१ च. १०९० नं.को बोलेरो गाडि प्रति बोरा ४० किलोग्रामको ५५ बोरा, ज. १ च. १६६७ नं.को बोलेरो गाडीमा प्रति बोरा ४० किलोग्रामको ६० बोरा, प्र.१-०१-००१ च. ८५५९ नं.को योद्धा गाडिमा प्रति बोरा ४० किलोग्रामको ६२ बोरा, प्र.२-०४-००१ च. २५२३ नं.को योद्धा गाडिमा प्रति बोरा ४० किलोग्रामको ५० बोरा प्र. २-०४-००१ च. ००३८ नं.को योद्धा गाडिन प्रति बोरा ४० किलोग्रामको ५७ बोरा.प्र. २-०४-००१ च ००८९ नं.को योद्धा गाडिमा प्रति बोरा ४० किलोग्रामको ५७ बोरा रहेको बताइएको छ ।

४ सय १ बोरा अवैध प्याज सहित ७ वटा गाडी प्रहरी नियन्त्रणमा
Prev Post
Next Post
एक पटक पढ्नुहोस