After header

बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु

बारा । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु भएकाे छ ।

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बा.३-००१ ख २५८७ नम्बरकाे बस र हेटौँडाबाट पथलैया जाँदै गरेकाे ना ७ ख ७३०० नम्बरको ट्रक आझ बिहान पुलमा जुधेका थिए । 

दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै २८ जना घाइते भएका छन् । घाइतेहहरूकाे हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

एक पटक पढ्नुहोस