चितवन ।कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श भएको भएको छ । साहित्यिक रूपमा जागरुक स्थानको रुपमा रहेको चितवनमा अक्षर समूहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं साहित्यकार केदारनाथ खनालले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रूपमा चिन्दै आएको बताउँदै उनका कथाहरूमा शसक्त र सामाजिक चेतका भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा कथासङ्ग्रहमाथि स्रष्टा द्वय सुरेन्द्र अस्तफल र अविरल यात्रीले टिप्पणी गरेका थिए ।
उक्त कार्यक्रममा कथाकारहरू शान्ति शर्मा र टीकाराम रेग्मी, कवि रेशम विरही, साहित्यकार रामहरि श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने स्रष्टा रामसुन्दर देउजाले लेखक सूर्य लाकोजुका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको अध्यक्षता अक्षर समूहका सदस्य उदय अधिकारीले गरेका थिए भने सहजीकरण समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए ।
सत्याग्रहमा जम्मा एघारओटा कथाहरू रहेका छन । प्राय कथाहरू हुँदा खाने भूईँमान्छेका छन । उनीहरूको दुख, सङ्घर्ष , पीडा कथा भएर पोखिएका छन । त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन । सामाजिक संजालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन । सो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो ।
