After header

आजको मौसम: आंसिक बदली सँगै चिसो बढ्ने

काठमाण्डौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तर, वर्षा र हिमपातको सम्भावना भने कतै पनि छैन।

तराईका थोरै स्थानमा यतबिेला हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो पनि सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

एक पटक पढ्नुहोस