काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका १ का पूर्व वडा अध्यक्ष कर्मा ग्याल्बो लामाको हीटर र कोइला तापेर सुत्दा निधन भएको छ । गए राति पुस ९ गते जिल्ला काभ्रे नमोबुद्ध न.पा.-१ बस्ने बर्ष ८२ को कर्मा ग्याल्बो लामा र उनकै श्रीमती बर्ष ८१ की असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाई सुती रहेको अवस्थामा आज बिहान अबेर सम्म नउठे पछी छोरा बुहारीले ढोका खोली हेर्दा बेहोस रहेको देखें पछि अस्पताल ल्याइएको थियो । लामा कै छोराले उपचारको लागी धुलीखेल अस्पताल बिहान लागेका थिए गते प्रहरीको बिबरण अनुसार ८ बजे प्राप्त सूचनालाई प्रहरी टोलीले खटि गएको, लामा परिवार बस्ने ठाउँमा हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको तर बिहान बेहोस आवस्थामा रहेको बताइएको छ । लामाको उपचारको क्रममा मंगलबार बिहान। १० बजे धुलिखेल अस्पतालले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले उनकी श्रीमतीको अवस्था मध्यम रहेको र थप उपचार भइरहेको बताएका छन् ।

हिटर बालेर सुत्दा पुर्व वडा अध्यक्ष लामाको मृत्यु
Prev Post
एक पटक पढ्नुहोस