सलमानसँग नृत्य गर्न किन अस्वीकार गरे नेपाली अभिनेत्रीहरुले

काठमाडौ । अभिनेता सलमान खानसँग नृत्य गर्न नेपाली अभिनेत्रीहरुले अस्वीकार गरेका छन् । आगामी १० मार्च मा टुँडिखेलमा हुने सलमान खानको ‘द ब्याङ दी टुर’मा सलमानका साथ नृत्य गर्न नेपाली नायिकाहरुले अस्वीकार गरेका हुन् ।

आयोजक ओडिसीले अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईलाई सलमानको शोमा उनीसँगै कोरसको रुपमा नृत्य गर्न अफर गरेको थियो । उक्त अफर यी अभिनेत्रीले अस्विकार गरेका हुन् ।

आयोजक ओडिसीले केही दिन पहिले राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै सोको बारेमा बिभिन्न जानकारी दिएको थियो । उक्त कार्यक्रममा सलमानसँगै नेपाली अभिनेत्रीले समेत प्रस्तुति दिने बताएको थियो ।

सोही अनुसार आयोजकले नेपाली अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिशा राईलाई कोरसका रुपमा सलमानका साथ नृत्य गर्न अफर गरेको थियो । सोही अफर अभिनेत्रीहरुले अस्वीकार गरेका हुन् ।

आफूहरुको सम्मान नभएको सोचेर प्रस्ताव अस्वीकार गरेको तीन अभिनेत्री मध्यकी एक स्वस्तिमा खड्काले बताएकी छन् । ‘सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा,’ स्वस्तिमाले भनिन् ,‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’

आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्टले नेपाली कलाकारलाई हेपेको भन्दै उनले आक्रोससमेत ब्यक्त गरिन् ।

एक पटक पढ्नुहोस