काभ्रे/ काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० हुन लागिरहेको एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुने मंगलबार पत्रकार सम्मेलन गदै जिल्ला समवन्य समितिका प्रमुख दिपक कुमार गौतमले जानकारी दिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ गर्न लागिएको मुल समारोह समितिका संयोजक गौतमले मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने उनले जानकारी दिए ।
कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी समेत गरिने भएको छ । कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने महोत्सवको उदेश्य रहेको बताईएको थियो ।
जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सममान गर्ने योजना रहेको समेत कार्यक्रममा बताईएको थियो । महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको र महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेनलमा जानकारी दिएको थियो ।
कार्यक्रममा महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दुवाडी, समन्वय अधिकारी दिवाकर भुजेल, जिल्ला समन्वय समितिका पदाधिकारीहरु तथा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे लगायतले महोत्सवलाई भब्य र सभ्य बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा उठेका विभिन्न सल्लाह र सुझावलाई मनोन गदै जाने बताउदै समवन्य प्रमुख गौतमले यही फागुन ४ गतेबाट हुन गईरहेको बृहत कृषि महोत्सवमा सबैको साथ र सहयोग गरीदिन आग्रह गरेका छन् ।